४० बर्षमा अनुसँग विवाह गर्दै कलाकार बुद्धि तामाङ, को हुन् त युवती ?

‘हैट’ थेगोको कारण चर्चित कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन् । उनले शुक्रबार मकवानपुरकी अनु थिङ तामाङसँग विवाह गर्न लागेका हुन् ।

बुद्धि र अनुको विवाह शुक्रबार कौसलटारको एक पार्टी प्यालेसमा आयोजना हुँदैछ । अनुसँग आफुले मागी विवाह गर्न लागेको बुद्धिले बताए ।

बुद्धिले अनुसँग तामाङ परम्पराअनुसार विवाह गर्न लागेको बताइएको छ । भने उनकी हुनेवाला जीवनसंगीनीका बारेमा केहि बताइएको छैन ।

साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोले लगायत थुप्रै फिल्म अभिनय गरिसकेका तामाङ सानो पर्दाको सिरियलबाट चम्किएका थिए ।

उनले रंगमञ्चमा १८ वर्ष र चलचित्रमा ११ वर्ष बिताइसकेका छन् । उनको उमेरका कारण पनि बिहे कहिले गर्ने भनेर प्रश्नको सामाना गरिरहन परिरहेको थियो ।

विकिपिडियाका अनुसार बुद्धिको जन्म सन १९८२ मा भएको हो यस हिसाबले उनी ४० बर्ष पुगिसकेका छन् ।

युवतीको तस्बिर गुगलबाट लिइएको प्रतिकात्मक तस्बिर हो ।

You might also like