संसारकै महंगी सेलिब्रिटी बन्न सफल ‘काइली’का बोल्ड अवतार (फोटोफिचर)

0

प्रतिष्ठित फोर्ब्स म्यागजिनका अनुसार सन् २०२२ मा संसारका महंगा सेलिब्रिटी फिल्म, संगीत, फेसन र खेलकुद क्षेत्रबाट समेटिएका छन् ।

यो सूचीमा सेलिब्रिटी सम्पत्ति नभएर पारिश्रमिक मात्र जोडिएको छ ।

अमेरिकी मोडल तथा उद्यमी काइली जेनर संसारकै महंगी सेलिब्रिटी बनेकी छन् । उनी सूचीको पहिलो स्थानमा छिन् भने उनको पारिश्रमिक ५८५ मिलियन अमेरिकी डलर छ ।

त्यस्तै अमेरिकी गायिका तथा गीतकार टेलर स्वीफ्ट दोस्रो स्थानमा छिन् र उनको पारिश्रमिक १७०.५ मिलियन डलर छ । फोर्ब्सको तेस्रो स्थानमा अमेरिकी र्‍यापर र फेसन डिजाइनर केनी वेस्ट छन् । सन् २०२२ वेस्टले १५०.२ मिलियन डलर लिएका छन् ।

चौथोमा १२७ मिलियन डलरसहित अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसी छन् । पाँचौंमा ११०.३ मिलियन डलरसहित गायक एड सिरन छन् । पोर्चुगिज फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो १०९.२ मिलियन डलरसहित छैटौं स्थानमा छन् भने अमेरिकी रक ब्यान्ड एगल्सले १०१ मिलियन डलरसहित आठौं स्थानमा छन् ।

हलिउड अभिनेता ड्वायन जोन्सन ८९.७ मिलियन डलरसहित सूचीको १५ औैं स्थानमा छन् । गायक एल्टन जोन ८४ मिलियन डलरसहित सूचीको १९ औं स्थानमा छन् ।

यसैक्रममा बिश्वको मँहगो सेलीब्रेटी बन्न सफल काइलीका तस्बिर सोसल मिडियमा निकै भाइरल छन् । जहाँ उनी निकै बोल्ड बनेर प्रस्तुत भएकी छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.