सन्दीप लामिछाने आइसोलेसनमा: भने- ‘चाँडै नेपाल फर्किन्छु’

0

राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको अभियोगको ‘प्रतिवाद गर्न नेपाल फर्किने तरखर’मा रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति स्ट्याटस लेख्दै उनले मा नसिक तनाव र स्वास्थ्य खराबीका कारण ‘आइसोलेसन’मा बसेको पनि उल्लेख गरेका छन् । र, चाँडै नेपाल फर्किने उल्लेख गरेका छन् ।

‘मेरो नाउँमा वारेन्ट जारी भएको समाचार र मविरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मा नसिक रुपमा विक्षिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था रहेन’, उनले भनेका छन्, ‘यी सब कुराले मलाई एकातिर मा नसिक असर गर्‍यो भने अर्कातिर म बिरामी अवस्थाबाट गुज्रिन पर्‍यो र मा नसिक तनाव र स्वास्थ्य खराबीका कारण मलाई आईसोलेसनमा राखेर बसेको छु ।’

उनले पीडितले दिएको जाहेरीलाई ‘झुठा’ उल्लेख गर्दै अ पराधीको रुपमा चित्रणले आफूलाई मा नसिक र शा रीरिकरुपमा प्रभावित पारेको पनि भनेका छन् ।

उनले डाक्टरहरुको सल्लाहमा आफूलाई सामान्य अवस्थामा ल्याउँदै गरेको भनेका छन् । उनले अगाडि भनेका छन्, ‘स्वास्थ्यमा क्रमिक सुधार आउँछ र जति सक्दो चाँडो नेपाल फर्किएर मविरुद्धको झुठा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।’

टी–२० सिरिज खेल्न केन्या गएका लामिछानेले त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका गएका थिए । त्यहाँबाट चाँडै फर्किने बताए पनि उनी हाल कहाँ छन् खुलाएका छैनन् । प्रहरीले पनि पत्ता लगाउन सकेको छैन ।

स्राेतहरूका अनुसार लामिछानेसँग अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया लगायतका मुलुकको भिसा छ ।

You might also like
Leave A Reply

Your email address will not be published.