यति सजिलो छ नकआउट पुग्ने स्पेनको बाटो, जापानसँग हारेपनि पर्ने छैन फरक !

0

एजेन्सी – २२औँ संस्करणको विश्वकप फुटबल प्रतियोगितामा समूह ‘ई’माथि सबैको नजर छ । आठमध्ये ‘ई’ समूहको समीकरण निकै रोमाञ्चक बनेको छ । स्पेन, जापान, कोस्टारिका र जर्मनी रहेको समूहमा चारै टोलीको नकआउट चरणमा स्थान बनाउने सम्भावना उत्तिकै छ ।

बिहीबार स्पेनले जापानको सामना गर्नेछ । यसै समूहमा जर्मनीले कोस्टारिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । चार टोली एकआपसमा भिड्दा जित निकाल्दै सीधै अन्तिम १६ मा पुग्नेछन् । दुईवटै खेल बराबरी निस्कँदा स्पेन र जापान नकआउट चरणमा पुग्नेछन् ।

जर्मनीविरुद्ध अन्तिम समयमा गोल बेहोरेर जितबाट वञ्चित भएको स्पेनलाई विश्वकप फुटबलको नकआउट चरणमा स्थान पक्का गर्न बिहीबार जापानविरुद्धको खेलमा केही मिहिनेत गर्न बाँकी भएको छ। जर्मनीविरुद्धको जितले स्पेनलाई जापानविरुद्धको खेल अगाडि नै प्रिक्वाटरफाइनलमा पुर्याउने थियो।

तर जर्मनीका स्थानापन्न खेलाडी निक्लस फ्युलक्रुगले सात मिनेट बाँकी छँदा गोल गरेपछि स्पेनको पर्खाइ लम्बिएको हो। समूह ‘ई’अन्तर्गत सोही समयमा हुने जर्मनी र कोस्टाविरुद्धको नतिजा आफूअनुकूल आएमा जापानसँग हारेपनि स्पेन प्रिक्वाटरफाइनलमा पुग्ने स्थिति छ।

जापानले नकआउटमा पुग्न सहज छैन। तर बलियो स्पेनविरुद्धको जितले जापानलाई लगातार दोस्रो पटक विश्वकपको नकआउट चरणमा पुर्याउनेछ। पहिलो खेलमा जर्मनीलाई स्तब्ध पारेको जापानमा स्पेनलाई हराउने क्षमता पनि छ।

तर जापानले कोस्टारिकासँग पराजय बेहोरेर आफूलाई कठिन स्थितिमा पारेको छ। स्पेनविरुद्ध हार बेहोरेमा भने जापान घर फर्कनेछ। पछिल्लो संस्करणमा जापान प्रिक्वाटरफाइनलमा बेल्जियमसँग पराजित भएको थियो। समूह ‘ई’मा स्पेन चार अङ्कसहित शीर्षस्थानमा रहेको छ। जापान र कोस्टारिकाको तीन–तीन र जर्मनीको एक अङ्क रहेको छ।

यस समूहबाट नकआउटमा पुग्न सबै भन्दा सहज अवस्थामा रहेको कुनै टोली छ भने त्यो स्पेन हो। स्पेनले जापान विरुद्धको खेलमा हारे पनि नकआउटको यात्रा तय गर्न सक्छ।

तर त्यसको लागि जर्मनी र कोस्टारिका बीचको खेल बराबरीमा सकिनुपर्नेछ। त्यसअवस्थामा जापान गोल अन्तरका आधारमा नकआउटमा पुग्नेछ। त्यस्तै जर्मनीले कोस्टारिकालाई पराजित गरेको खण्डमा पनि स्पेन सहजै नकआउट चरणमा प्रवेश गर्नेछ।

You might also like
Leave A Reply

Your email address will not be published.