पेनाल्टी मिसमा मेस्सीले बनाए रेकर्ड, अहिले सम्म यति धेरै पेनाल्टीमा चुकिसके !

0

काठमाडौं । क्लब फुटबलमा लियोनल मेस्सीलाई फुटबलका बादशाह नै भन्ने गरिन्छ। उनले क्लबबाट खेल्दा बडो क्षमता प्रदर्शन गर्छन र सफलता पनि प्राप्त गर्छन् । तर उनि जब देशबाट खेल्छन् तब उनले एकमाथि अर्को कमजोरी देखाउन थाल्छन् ।

पाँच वटा विश्वकपमा सहभागिता जनाएर मेस्सीले अहिलेसम्म एउटा पनि उपाधि देशलाई दिलाउन सकेका छैनन् । जब देशको लागि खेल्दा ठूलो अवसर प्राप्त हुन्छ त्यो अवसरलाई मेस्सीले सदुपयोग गर्न सक्दैनन् । विहीबार विहान पनि त्यस्तै भयो ।

पोल्याण्डसँगको खेल अर्जेन्टिनाको लागि निकै महत्वपूर्ण थियो त्यसैबेला मेस्सीले पेनाल्टी पाए । अर्जेन्टिना र उसका समर्थकले राहतको श्वास फेरे । तर उनि पेनाल्टीमा चुके ।

मेस्सीको भाग्य नै भन्नुपर्छ उनि पेनाल्टीमा चुके पनि अर्जेन्टिनाका अरु खेलाडीले २ गोल गरेर र टिम अन्तिम १६ मा पुग्यो । विहीबार विहानको खेलको ३५ औँ मिनेटमा पोल्याण्डका गोल रक्षक सेचेन्जीले बल बचाउने क्रममा मेस्सीको अनुहारमा हान्न पुगे ।

रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री भीएआरको सहयता लिँदै अर्जेन्टिनालाई पेनाल्टी दिए । तर मेस्सीले उक्त पेनाल्टीमा गोल गर्न सकेनन् । सेचेज्नीले डाइभ दिँदै मेस्सीको पेनाल्टी प्रहार विफल पारे । जारी विश्वकपमा उनको यो दोस्रो पेनाल्टी बचाउ हो । यसअघि उनले साउदी अरेबियाका अल दसारीको पेनाल्टी पनि बचाएका थिए ।

मेस्सीले अहिलेसम्म आफ्नो अन्तर्राष्ट्रिय करियरमा चार वटा पेनाल्टी मिस गरेका छन् । क्लब र देशका लागि उनले पेनाल्टी मिस गरेको संख्या ३१ पुगेको छ ।

अन्तिम १६ मा अर्जेन्टिनाको भिड्न्त अष्ट्रेलियासँग

विश्वकपको अन्तिम १६ मा अर्जेन्टिनाको भेट अष्ट्रेलियासँग भएको छ। अर्जेन्टिना समूह ‘सी’ को बिजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको थियो। बुधबार राती भएको खेलमा अर्जेन्टिनाले २–० ले पोल्याण्डलाई पराजित गर्दै ६ अंक जोडेको थियो।

एसियाको पहिलो टिमको रूपमा बुधबार राती भएको अर्को समूहको खेलमा अष्ट्रेलिया पनि छनोट भएको थियो। अष्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो।

अर्जेन्टिनाले पनि समूह चरणको अन्तिम खेलमा डेनमार्कलाई १–० गोलले पराजित गरेको थियो। यी दुई देशको भिडन्त सोमबार राती १२ बजेर ४५ मिनेटमा हुनेछ।

You might also like
Leave A Reply

Your email address will not be published.