अब अस्ट्रेलियाले कामदार भिसा दोब्बर दिने, यस्ता नेपालीलाई प्राथमिकता दिने

0

काठमाडौं :

अस्ट्रेलियाले दक्ष कामदार तथा अभिभावक भिसाको संख्या करिब दोब्बरले वृद्धि गर्ने भएको छ । अस्ट्रेलियाका ट्रेजरर जिम चाल्मरले बजेट सार्वजनिक गर्दै त्यसको घोषणा गरेका हुन् ।

बजेटमार्फत सार्वजनिक कार्यक्रम अन्तर्गत आगामी ४ वर्षका लागि अस्ट्रेलियाको अध्यागमन क्षेत्रलाई अझ प्रभावकारी बनाउन करिब ६ सय मिलियन डलरसमेत छुट्याइएको छ ।

गृह मन्त्रालयमा सार्वजनिक गरिएको सूचनाअनुसार दक्ष कामदार भिसाको संख्या आगामी आर्थिक वर्ष २०२२/०२३ मा ७९ हजारबाट १ लाख ४२ हजार पुर्‍याइएको छ भने अभिभावकलाई दिइने भिसासमेत ४ हजार ५ सयबाट बढाएर ८ हजार ५ सय बनाइएको छ ।

अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमणपछि कामदार अभाव भएका कारण उक्त अभावलाई पूरा गर्न दक्ष कामदार भिसाको संख्या वृद्धि गरिएको बताइएको छ ।

अस्ट्रेलियामा हरेक वर्षका लागि छुट्याइएको सीमित संख्यामध्येमा केही भिसालाई कम गरेर यी दुई भिसालाई बढाइएको हो ।

अस्ट्रेलियाले गत वर्ष जम्मा १ लाख ६५ हजार आप्रवासीलाई भित्र्याएकोमा उक्त संख्यालाई बढाएर १ लाख ९५ हजार पुर्‍याएको छ । अहिले परिवर्तन गरिएको संख्यासमेत उक्त निर्धारित कोटाअन्तर्गत नै आवश्यकताका क्षेत्रअनुसार छुट्याइएको हो ।

गृह मन्त्रालयमा उपलब्ध जानकारी अनुसार श्रीमान् वा श्रीमतीलाई दिइने (पार्टनर) भिसामा करिब आधा कटौती गरिएको छ भने व्यावसायिक व्यक्ति तथा अन्तर्राष्ट्रिय ख्याति कमाएका व्यक्तिलाई दिइने भिसामा पनि अत्यधिक कटौती गरिएको छ ।

जानकारीअनुसार कार्यक्षेत्रबाट गरिने स्पोन्सर भिसाको संख्या २२ हजारबाट ३५ हजार पुर्‍याइएको छ भने स्वतन्त्र रूपमा आउने दक्ष कामदारको संख्या ६ हजार ५ सयबाट ३२ हजार पुर्‍याइएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.