स्पेनको हातमा छ जर्मनीको भाग्य, सन् २०१८ कै नियति दोहोरिने डरले थरर !

0

काठमाडौं– अघिल्लो संस्करण अर्थात सन् २०१८ मा रुसमा भएको विश्वकप फुटबलमा साविक विजेता जर्मनी सबैभन्दा ठूलो दाबेदार थियो। तर, समूह चरणको पहिलो खेलमै मक्सिकोसँग १–० ले स्तब्ध भयो।

समूह चरणको दोस्रो खेलमा स्विडेनमाथि २–१ को जित निकाल्दै जर्मनीले नकआउट चरणमा जाने आशासमेत जगाएको थियो। तर, त्या आशा तुलनात्मक धेरै कमजोर टोली दक्षिण कोरियाले समाप्त गरिदियो।

जर्मनी दक्षिण कोरियासँग अप्रत्यासित ढंगले २–० ले पराजित हुन पुग्यो। र, अंक तालिकाको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरियो। यो नतिजा विश्वकप इतिहासकै अनौठो मानिन्छ।

चार वर्षपछि अर्थात अहिले पनि कतारमा जारी विश्वकपमा जर्मनीको हालत अझ नाजुक छ। दुई खेल खेल्दा जम्मा १ अंक जोडेको छ। योपटक पनि जर्मनी तुलनात्मक कमजोर एसियाली राष्ट्र जापानसँग २–१ ले स्तब्ध भयो। यस्तै, जित्नैपर्ने खेलमा स्पेनसँग बरारबीमा चित्त बुझायो।

बिहीबार मध्यराति जर्मनीले समूह चरणको अन्तिम खेलमा कोस्टारिकासँग खेल्दैछ। समूह ‘ई’मा ४ अंकसहित स्पेन शीर्ष स्थानमा छ। त्यस्तै, ३ अंक जोडेको जापान दोस्रो तथा समान अंक भएर पनि गोल अन्तरमा पछि रहेको कोस्टारिका तेस्रोमा छ।

चार पटकको विश्व विजेता जर्मनी भने मात्र १ अंकसहित तालिकाको पुछारमा छ। बिहीबार मध्यराति जर्मनीले कोस्टारिकासँग निर्णायक खेल खेल्दैछ। नकआउट चरणमा स्थान पक्का गर्न जर्मनीले कोस्टारिकालाई हराएरमात्र पुग्दैन, स्पेनले पनि जापानलाई पराजित गर्नुपर्ने हुन्छ।

स्पेन र जापानले बराबरी खेलेको खण्डमा कोस्टारकालाई जर्मनीले भारी अन्तरले हराउनु पर्नेछ। अन्य नतिजा आएको खण्डमा जर्मनी लगातार दोस्रो पटक विश्वकपको समूह चरणबाट बाहिरिने छ।

यसैगरी, बिहीबार ८ः४५ बजे समूह ‘एफ’का दुई खेल हुनेछन्। जसमा बेल्जियम र क्रोएसिया तथा मोरक्को र क्यानडा भिड्दैछन्। क्यानडा प्रतियोगिताबाट बाहिरिइसकेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.