मह सेवन गर्न जाने अमृत नत्र हुन्छ बिष !

0

मह स्वास्थ्यका लागि निकै फाइदा जनक चीज हो । सेवन गर्न जाने अमृत नत्र बिष समान हानी पुर्‍याउछ। यसको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ। महमा कार्बोहाइड्रेट, प्रोटिन,

भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियम जस्ता तत्व पाइन्छन्, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन्। महमा ग्लुकोज पाइन्छ ।

महमा पाइने भिटामिन र सुगर शरीरभित्र पसेपछि छिट्टै घुल्छन् र अन्य मिष्टान्न परिकारले जस्तो नराम्रो परिणाम देखाउँदैन। महको प्रयोग कसरी गर्ने भन्नेबारेमा आयुर्वेद विज्ञहरुको भनाई यस्तो छ।

महको फाईदा

एक गिलास दूधमा मह मिसाएर राती पीउनाले दुबलोपन हटेर शरीर सुडौल, पुष्ट र बलशाली बन्छ । महले भोकलाई नियन्त्रणमा राख्ने भएकाले तौल घटाउन सहायता गर्छ । राति सुत्नुअघि मह सेवन गर्दा बढी क्यालोरी डढ्छ ।

महले रगतमा पोलिफोनिक एन्टीअक्सिडेन्टको स्तर बढाउँछ जसले गर्दा तपाईं मुटुरोगबाट बच्न सक्नुहुन्छ । आगो अथवा तातो वस्तुले छाला जलेको ठाउँमा अथवा काटेको ठाउँमा मह लगाउनाले आराम मिल्छ ।

जाडोमा महले अनुहारमा ३० मिनेटसम्म मसाज गर्नुहोस् । त्यसपछि मनतातो पानीले अनुहार सफा गर्नुस् । महले छालाका लागि प्राकृतिक मोइस्चराइजरको काम गर्छ । यसले छालामा आर्द्रता कायम राख्छ र डण्डीफोर, दाग र छाला सुक्खा हुने समस्या हटाउँछ ।

महबाट सेरोटोनिन रसायन निस्कने भएकाले मूड राम्रो रहन्छ । शरीरले यो सेरोटोनिन रसायनलाई मेलाटानिन रसायनमा परिवर्तन गर्छ । अनिद्राको समस्या छ भने राति सुत्नुअघि एक गिलास तातो दूधमा मह मिसाएर खानुभयो भने राम्रो निद्रा लाग्छ ।

बिहान खाली पेट मनतातो पानीमा मह र कागतीको रस मिसाएरु पिउँदा स्वास्थ्यलाई राम्रो गर्छ । खोकी लागेको छ भने अदुवाको रसमा मह मिसाएर खाने गर्नाले निको जान्छ ।

दिनको दुई चम्चा मह खाँदा खोकी लाग्दैन । यसमा एन्टीमाइक्रोबियल गुण भएकाले गर्दा संक्रमण उत्पन्न गर्ने ब्याक्टेरियालाई सिध्याउँछ । आलस्य भयो अथवा वाकवाकी आउन लागेजस्तो भयो भने मह खानाले आराम हुन्छ । सुख्खा खोकिमा मह र कागतीको रस बराबर सेवन गर्नाले लाभ हुन्छ ।

महको सेवन गर्दा अपनाउनुपर्ने सावधानी

माछा, मासुसित मह खानु विष सरह हुन्छ । महमा पानी वा दूधको बराबर मात्रा खानु हानिकारक हुन्छ । चिया र कफीको साथ मह विष समान हुन्छ । महलाई आगोमा कहिलेपनि तताउनु वा उमाल्नु हुँदैन ।

घिउ र महको समान मात्रा कहिले खानु हुँदैन । चिनीमा मह मिसाउनु विष सरह नै हुन्छ । तेल, घिउ र नौनीसित मह मिसाएर खानु विषसमान हुन्छ । निकै गर्मी वा धापिएर आएको बेला मह खाँदा हानिकारक हुन्छ । महको ज्यादा उपभोग पनि हानिकारक हुन्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.