बार्सिलोनालाई झड्का दिने तयारीमा दुई क्लब, डेम्बेले भित्र्याउने दौडमा निस्किए अगाडी ! को-को ?

0

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका फ्रेन्च विङ्गर ओस्मान डेम्बेलेको बार्सिलोनामा भविष्य अनिश्चित छ। गत समर ट्रान्सफर विन्डोमा बार्सिलोनासँगको सम्झौता थप गरेका उनी बार्सिलोनामै रहन्छन् कि अन्यत्र जान्छन् भन्ने कुराको टुंगो लाग्न बाँकी छ।

बार्सिलोना पुगेपछिको केहि सिजन निरन्तर घाइते भएका उनी पछिल्लो समय भने फिट छन्। डेम्बेले सन् २०२१-२२ को सिजन देखि निरन्तर उच्च प्रदर्शन गरिरहेका छन्।

गत सिजन देखिको उच्च लयलाई उनले यस सिजन पनि कायम राखेका छन्। डेम्बेलेले यस सिजन बार्सिलोनाका लागि २७ खेल खेल्दा ८ गोल गरेका छन्। साथै उनको नाममा ७ असिस्ट पनि छ।

डेम्बेलेको पछिल्लो लयले प्रिमियर लिगका दुई क्लबको ध्यान तानेको छ। लिभरपुल र न्यूक्यासल युनाइटेड गरी दुवै क्लबले डेम्बेलेलाई भित्र्याउने योजना बनाएको खुलासा भएको छ।

विभिन्न खेल मिडियाहरुले हालसालै डेम्बेलेलाई यी दुई क्लबले भित्र्याउन चाहेको खुलासा गरेका हुन्। दुवै क्लबले खेलाडीका एजेन्टलाई समेत सम्पर्क गरिसकेको खबरहरु आएका छन्।

दुवै क्लबले डेम्बेलेलाई आउने समर ट्रान्सफर विन्डोमा भित्र्याउन चाहेको बताइन्छ। बार्सिलोनामा डेम्बेलेको सम्झौता सन् २०२४ सम्मका लागि छ। बार्सिलोनामा डेम्बेलेको ५० मिलियन युरोको रिलिज क्लज रहेको स्पेनिस पत्रिका एल नेसियोनलले जनाएको छ।

त्यसमध्ये २५ मिलियन युरो मात्र बार्सिलोनाले पाउने अवस्था छ। बाँकी २५ मिलियन युरो डेम्बेले र उनका एजेन्टको भागमा पर्नेछ। यो तथ्यसँग दुवै क्लब जानकार रहेको बताइन्छ।

यहि रिलिज क्लजको विशेष अवस्थालाई लिभरपुल र न्यूक्यासलले सदुपयोग गर्न चाहेका छन्। यस रिलिज क्लज सक्रिय गराएर आफ्नो आक्रमण बलियो बनाउनको लागि दुवै क्लबले अहिले देखि नै तयारी सुरु गरिसकेका छन्।

You might also like
Leave A Reply

Your email address will not be published.