काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । आइपीओ गत शुक्रबार बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।
कम्पनीको आइपीओ ३ लाख ५८ हजार १७६ जनाले प्राप्त गरेका छन् । आइपीओ पाउने शेयरधनीहरुमा यतिबेला कम्पनीको आइपीओले ओपनिङ्ग रेञ्ज कति पाउला भन्ने कौतुहलताको विषय बनेको छ ।
कम्पनीको आइपीओले पहिलो कारोबारको लागि १०९ रुपैयाँ ३९ पैसा देखि अधिकतम ३२७ रुपैयाँ ३९ पैसा पाउने देखिएको छ । नेप्सेले जुनसुकै कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा ओपनिङ्ग रेञ्ज तोक्ने भएका कारण कम्पनीले उक्त रेञ्ज पाउने देखिएको हो ।
बिमा पोस्ट बाट