जिप दुर्घटना: २२ दिने शिशुसहित ५ जनाको मृत्यु

    पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका-८ मा बिहीबार बिहान भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। २२ दिनकी सुत्केरी, उनका नवजात शिशुसहित ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दियो।

    सानीभेरी-५ मेल्चोरबाट मुसिकोट आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको थियो।

    ‘जिप सडकबाट निकै तल पुगेकाले सुरूमा त उद्धारमा पनि कठिन भयो। बिहान ८ः२० बजे दुर्घटना भएको हो, दुर्घटनालगत्तै स्थानीयबासी उद्धारमा जुटेका थिए,’ बाँफिकोट-८ का वडाध्यक्ष धनबहादुर खत्रीले भने।

    प्रहरीका अनुसार घाइतेमध्ये ४ जनालाई हेलिकप्टरमार्फत बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ। बाँकी ६ जनाको र”कुम पश्चिमकै सल्लेमा उपचार भइरहेको छ।

    मृत्यु हुनेमा ३ जना सानीभेरी गाउँपालिकाका र बाँकी बाँफिकोटका रहेको वडाध्यक्ष खत्रीले बताए।

    Ncell

    शव अहिले सल्ले अस्पतालमा राखिएको छ र उनीहरूको सनाखत भइरहेको प्रहरीले जानकारी दिएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *