जेठ २६ गते शुक्रबार,आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । यात्राको योग छ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्छन् । जग्गा जमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । समाजमा तपाईंका कुरा काट्नेको कमी हुने छैन । आकस्मिक यात्राको समय छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुनेछ । मानसिक तनावको सिर्जना हुनेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नेछ । विश्वास गरेकाबाट धोका हुन सक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) मनग्य धन कमाउने अवसर मिल्नेछ । अरुको मनजित्न सजिलै सकिनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ । काममा रुची घट्नेछ भने मनमा खराब विचारहरुले डेरा जमाउनेछन् ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) अरुबाट तपाईंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । राम्रो कामको लागि काम गर्ने वातावरण मिल्ला । दिन दुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ । धन लगानी गर्ने अवसर पाउनुहुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) व्यवसायिक क्षेत्रमा लाभप्रद छ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचे जस्तै सफलता मिल्नेछ । सहयोग, पुरस्कार र हौशला जस्ता कुराहरुमा बृद्दी हुनेछ । बिग्रिएका कामहरु बन्ने छन् ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोलीलाई नियन्त्रणमा राख्नुहोला । व्यापारमा हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । यात्रा घातक बन्न सक्छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । यात्रा नगरेकै बेश होला । समाजमा प्रतिभाको कदर हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । पारिवारिक समस्याले मन खिन्न हुनेछ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुने छैन । चोट पटकको भय पनि छ । माता पिताको स्वास्थ्यमा केहि कमजोरी आउने देखिन्छ । सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्ला ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठन पाठनमा प्रगति हुनेछ, नसोचेका कामहरु बन्ने छन् । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । विपरीतलिङ्गीबाट सहयोग मिल्ला । प्रशस्त धन आर्जन गर्ने मौका छ । कर्म प्राप्तिको योग छ । राम्रै सफलता मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ । प्रतिस्पर्धीहरूले हार खान सक्छन् ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधा अडचन आउने छ । वादविवादमा फँस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनेछ । बौद्धिक र सृजनात्मक सफलता मिल्नेछ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) काममा माता पिताको सहयोग प्राप्त होला । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । सवारी साधन प्राप्तिको योग छ । व्यापारमा लाभ हुनेछ । धर्मकर्ममा रुची बढ्नेछ, खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरुको लागि समय उत्साह प्रद देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *