अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ बाँडफाँट ,यसरी हेर्नुहोस् नतिजा

    अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यलयमा शुक्रबार बाँडफाँट भएको हो ।कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १२ लाख ८२ हजार ४६३ जना आवेदकले १ करोड ३९ लाख ६४ हजार ७१० कित्ताका लागि आवेदन दिएका थिए ।

    जस मध्ये ११ लाख ९८ हजार ७७ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । २३९९ जनाको आवेदन रद्द भएको छ ।कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट बाँडफाँट भएको थियो । जसमा ५३ हजार ९५० जना आवेदकले १०।१० कित्ताका दरले आइपीओ प्राप्त गरेका छन् ।

    यसरी हेर्नुहोस् नतिजा :

    सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटःiporesult.cdsc.com.np/
    बिक्रि प्रबन्धकको वेबसाइटः www.siddharthacapital.com/
    सिडीएससीको मेरोशेयरको वेबसाइटः meroshare.cdsc.com.np/#/login

    कम्पनीले असार १० गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको थियो । यसअघि आयोजना प्रभावित स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट गरी सकेको छ । कम्पनीले ६ करोड ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । जसमा १ सय अंकित मूल्यमा ६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

    यस मध्ये १० प्रतिशत (६५ हजार कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । साथै, ५ प्रतिशत (३२ हजार ५ सय कित्ता) सामूहिक लगानी कोषका लागि र २ प्रतिशत (१३ हजार कित्ता) कर्मचारीलाईलाई छुट्याइएको छ । बाँकी ५ लाख ३९ हजार ५ सय कित्ताका लागि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *