चन्द्रागिरिमा विद्यार्थी कुटेको आरोपमा शिक्षक पक्राउ, विद्यार्थी अस्पतालमा

    काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ को श्रीकृष्ण माविमा विद्यार्थी कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।

    कुटपिटबाट घाइते भएकी विद्यार्थीलाई ओम समाज अस्पतालमा भर्ना गरिएको छ ।

    कुटपिट गरेको आरोपमा शिक्षक एकराज पण्डितलाई महानगरीय प्रहरी प्रभाग बलम्बुले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *