च्याउको सेवनले यी खतरनाक रोगको जोखिम कम गर्नुको साथै यस्ता छन् अन्य फाइदाहरु !

    यो समय भनेको प्राकृतिक रुपमा वनजंगलमा च्याउ पाइने मौसम हो । यो वर्षायामको समयमा वनजंगलमा विभिन्न प्रकारका च्याउ पाइन्छ । ती वनजंगलमा पाइने केही च्याउ विषालु हुन्छ भने केही सेवन गर्न योग्य हुन्छ ।

    यस्तै कृतिम रुपमा जुनसुकै समयमा पनि च्याउ उत्पादन गर्न सकिन्छ । यसरी कृतिम रुपमा च्याउ उत्पादन गरेको च्याउको व्यापार सम्म गर्ने गरेको बजारमा देख्न सकिन्छ ।च्याउबाट विभिन्न परिकार निकै स्वादिलो खाने कुराहरु बनाउन सकिन्छ। च्याउ जति स्वादिलो हुन्छ यो स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक हुन्छ ।

    च्याउको सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रालाई सन्तुलित गर्ने देखि लिएर स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सरको जोखिम पनि कम गर्ने र मधुमेहको खतरालाई पनि घटाउने विभिन्न अध्ययनहरुले देखाएका छन् ।मोटोपन घटाउने देखि लिएर शरीरको रोग प्रतिरोधी क्षमता बढाउने काममा पनि च्याउ सहायक सिद्ध हुन्छ । अध्ययन अनुसार विश्वमा १ लाख ४० हजार प्रकारका च्याउ पाइनेमा १ सय प्रकारका च्याउ खानका लागि उपयुक्त तथा स्वस्थ मानिन्छन् । च्याउका फाइदा यस्ता छन्ः

    १.च्याउले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ । यसमा एर्गोथियोनाइन नामक एन्टी अक्सिडेन्ट पाइन्छ । यसले छालालाई फ्री रेडिकल्सबाट बचाउनुका साथै इम्युनिटी पावर पनि बढाउँछ । यो एक प्रकारको एमिनो एसिड हो र यसमा हुने सल्फर सरीरका लागि हरेक किसिमले फाइदाजनक हुन्छ ।

    २. मोटोपना घटाउँदछ । प्रोटिनयुक्त भोजन भएकाले च्याउको सेवनले शरीरलाई हृष्टपुष्ट बनाउनुका साथै वजन समेत नियन्त्रण गर्दछ । यसमा पर्याप्त फाइबर पाइन्छ ।

    ३. च्याउ क्याल्सियमको निकै राम्रो श्रोत हो जुन हड्डीको विकाश तथा मजबुतीका लागि जरुरी हुन्छ । च्याउको नियमित सेवनले उमेर बढेसँगै लाग्ने ओस्टियोपोरोसिस, जोर्नी दुख्ने जस्ता समस्या कम हुन्छन् ।

    ४. च्याउमा प्रोटिनसँगै भिटामिन इ तथा सेलेनियम लगायतका सुक्ष्म पोषक तत्व पनि पाइन्छन् । यसले छाला तथा कपालको स्वास्थ्य सँगै मुटुरोगको जोखिम पनि कम गर्छ ।

    ५. मधुमेह नियन्त्रणका लागि पनि च्याउ सहायक सिद्ध हुन्छ । च्याउ बोसो, कोलेस्ट्रोल तथा उच्च प्रोटिनको नियन्त्रणका लागि उपयोगी हुन्छ । यसले प्राकृतिक इन्सुलिन तथा इन्जाइमको रुपमा काम गर्दछ ।

    ६. रक्तअल्पताको समस्या कम गर्न पनि च्याउ फाइदाजनक हुन्छ । च्याउमा आइरन तत्व पर्याप्त मात्रामा पाइन्छ जसको ९० प्रतिशत शरीरले लिन सक्दछ । यसले शरीरमा रक्तअल्पताको समस्या समाधानमा सहयोग गर्दछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *