एन्जाइटी तथा डिप्रेसनको समस्याले आउँछ लगातार हिकहिक

    एन्जाइटी तथा डिप्रेसनको समस्याले आउँछ लगातार हिकहिक

    डायाफ्राममा अनैच्छिक सङ्कुचनको कारणले गर्दा हिकहिक आउने वा बाडुली लाग्ने हुन्छ ।

    तर हिकहिक आउने समस्यालाई शरीरको रहस्य मानिन्छ जसलाई पूर्ण रूपमा अझै समाधान गर्न सकिएको छैन । सामान्यतया बाडुल्की लामो समयसम्म रहँदैन । तर ४८ घण्टाभन्दा बढी समयसम्म बाडुल्की लाग्ने थालेमा वा नरोकिएमा यो चिन्ताको विषय बन्छ । लामो समयसम्म बाडुली लाग्ने भएमा यसले शरीरमा विभिन्न रोगको उपस्थितिलाई औँल्याउन सक्छ ।

    नसा तथा स्नायु प्रणाली, पेट, मुटुसम्बन्धी समस्या, मानसिक तनाव, विभिन्न औषधिको प्रयोग तथा शल्यक्रिका कारण पनि मानिसलाई हिकहिक आउन सक्छ । कानमा समस्या हुँदा, घाँटीमा ट्युमरको विकास हुँदा, घाँटी दुखेमा, एसिड रिफलक्स, निमोनिया भएमा, मल्टिपल स्क्लेरोसिस, मस्तिष्कमा चोटपटक लागेमा, एन्सेफलाइटिस वा मेनिन्जाइटिस भएमा, स्ट्रोक वा ब्रेन ट्युमर, मेरुदन्डमा समस्या भएमा, सिजर भएका पनि हिकहिक आउन सक्छ ।

    धेरै खाँदा, पिरो खाँदा, सोडाको धेरै सेवन, छिटोछिटो खाँदा, पेटमा अल्सर भएमा, जन्डिस, हैजा, एपेन्डिसाइटिस, क्रोन्स डिजिजका कारण पनि हिकहिक आउन सक्छ । रगतमा पोटासियम र सोडियमको स्तरमा गडबडी भएमा, एनेस्थेसिया, मधुमेह, किड्नीको समस्याका लागि, स्टेरोइड तथा केमोथेरापीमा प्रयोग गरिने औषधिको प्रयोगले तथा मस्तिष्क, पेट, स्नायु प्रणाली, डायाफ्राममा गरिएका शल्यक्रियाले पनि हिकहिक निम्त्याउन सक्छ ।

    धेरैपटक हिकहिक आउनु हर्ट अट्याकको सङ्केत हुनसक्छ । साथै, यो क्यान्सरको कारणले पनि आएको हुनसक्छ । खुसी हुँदा, दुःखी हुँदा, एन्जाइटी, डिप्रेसनको समस्या भइरहे पनि हिकहिक आउन सक्छ । सामान्यदेखि जटिल समस्याका कारण हिकहिक आउने हुँदा लामो समयसम्म हिकहिक आएमा यसलाई बेवास्ता गर्नु हुँदैन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *