पत्थरी भएको कसरी थाहा पाउने ?

    पत्थरी भएको कसरी थाहा पाउने ?

    पत्थरीको समस्या आजकल धेरैजनालाई हुने गर्छ । मिर्गौलामा पत्थरी भएपछि असहनीय पीडा हुन्छ ।

    गलत खानपिन र कम पानी पिउने बानीले पत्थरी हुन्छ । पत्थरी हुनुअघि शरीरले विभिन्न संकेतहरू दिन थाल्छ । तर मानिसहरू त्यसलाई बेवास्ता गरिबस्छन् । यहाँ हामी केही त्यस्ता संकेतका बारेमा बताउँछौं जसलाई पटक्कै बेवास्ता गर्नुहुँदैन ।

    पिसाब गर्दा तीव्र पीडा
    मिर्गौलाको पत्थरीबाट पीडित रोगीले सूसू गर्दा तीव्र पीडा अनुभव गर्छ । पत्थरी मूत्रनली हुँदै मूत्राशयमा पुग्दा यस्तो हुन्छ । यसो भइरहँदा मूत्रमार्गमा संक्रमण पनि हुन सक्छ ।

    पिठ्युँ दुख्ने
    कम्मर र तल्लो भाग दुख्नु पनि मिर्गौलाको पत्थरीको संकेत हो । यो पीडा बिस्तारै पेट र जाँघको बीच भागमा पुग्छ र कठोर पीडा हुन्छ ।

    पिसाबमा रगत
    पत्थरी लागेको रोगीको पिसाब प्रायः गुलाफी, रातो र खैरो रंगको हुन्छ । पत्थरीका कारण मूत्रनली थुनिएर पिसाब फेर्दा रगत आउँछ ।

    वाकवाक र पेट गडबड
    पेटमा गडबड भएको अनि बान्ता आउला जस्तो भयो भनेपनि पत्थरीको संकेत हुनसक्छ । यतिखेर बान्ता नै आउन पनि सक्छ । बान्ता भयो भने शरीरभित्रको फोहर बाहिर निस्कन्छ ।

    ज्वरो
    ज्वरो आउनु र चिसो लाग्नु पनि पत्थरीको संकेत हो । मिर्गौलामा पत्थरी हुँदा शरीरको तापक्रम धेरै बढ्छ र ज्वरो आएको जस्तो हुन्छ । यो लक्षणलाई बेवास्ता नगर्नुस् ।

    अंग फुल्ने
    पेट वा शरीरका अन्य हिस्साहरू फुलेमा अनि मूत्राशयमा समस्या आएमा पत्थरीको लक्षण हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *