दैनिक नभुली गर्नुहोस् यी ३ कार्यहरु, जीवनमा आउनेछ नसोचेको परिवर्तन !

हरेक व्यक्तिको जीवनमा कहिलेकाहीँ राम्रो र कहिलेकाहीँ नराम्रो समय आउँछ नै। जब नराम्रो समय आउँछ तब मान्छेले आफ्नो समस्यालाई जित्न अनेक कोशिस गर्छ। आफ्नो नराम्रो समयमा, मान्छे केवल यो चाहन्छ कि कुनै न कुनै रूपमा उसको खराब समय समाधान होस्।ज्योतिष शास्त्र अनुसार धेरै

उपायहरु बताइन्छ तर केही यस्ता उपायहरु पनि बताइन्छ जसले तपाईंको सबै समस्याहरु समाधान गर्न सक्छ। धेरै पटक मानिसको भाग्यले साथ दिँदैन। भाग्य नै यस्तो हुन्छ कि धेरै किसिमका समस्या झेल्नु पर्ने हुन्छ। यदि तपाईंको भाग्यले पनि तपाईंलाई साथ दिइरहेको छैन भने, आउनुहोस् केही यस्ता सरल उपायहरू थाहा पाउनुहोस् जसबाट तपाईंको भाग्य केही दिन मै पल्टिनेछ।

-घरबाहिर निस्कँदा निधारमा चन्दनको टिका लगाउनुहोस्। चन्दन छैन भने दैनिक केसरीको टिका पनि लगाउन सकिन्छ।
-पिपल, केरा र नीमको रूखलाई नियमित पानी अर्पण गर्नुपर्छ। यसो गर्नाले घरमा सुख शान्तिको वातावरण बढ्छ।
-घरमा सधैं सखर राख्नुहोस् र समय समयमा आफैं खानुहोस् र आफ्नो परिवारलाई पनि दिनुहोस्।

-कुनै पनि पोखरी, ताल वा नदीमा माछालाई नियमित रूपमा आहारा खुवाउनुहोस्। माता लक्ष्मीलाई प्रसन्न गर्ने यो एकदमै पक्का उपाय हो। जसले यो उपाय नियमित गर्छ, उसको भाग्य केही दिनमै चम्किन्छ।
-आफ्नो तिजोरीमा कालो बेसारको एक गाँठो बनाएर राख्नुहोस्। यसले धनसम्पत्ति मात्र नभई मानसिक शान्ति पनि ल्याउनेछ।
-कुनै पनि महत्त्वपूर्ण कामको लागि घरबाट बाहिर निस्कनुअघि आमाबुवा र घरका ठूला-ठूला व्यक्तिहरूको खुट्टा छुनुहोस् र आशीर्वाद लिनुहोस्।
-कुकुरलाई दिनहुँ रोटी खुवाउने, कालो कुकुरलाई रोटी खुवाउनु धेरै राम्रो मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *