कतिमा भयो रिपब्लिक मिडिया र आईएमई लाइफ इन्स्योरेन्सको पहिलो कारोबार ?

    नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल रिपब्लिक मिडिया लिमिटेड र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार सुरु भएको छ। आज आइतबार स्पेसल प्रि ओपन सेसनमा दुवै कम्पनीको कारोबार भई मूल्य तय भएको हो ।

    नेपाल रिपब्लिक मिडियाको पहिलो कारोबार २५०.४ रुपैयाँबाट भएको छ । पहिलो कारोबारको लागि ८४ रुपैयाँ ४७ पैसा देखि २५३ रुपैयाँ ४१ पैसासम्मको सुरुवाती रेन्ज तोकिएकोमा २५०.४ रुपैयाँबाट कम्पनीको कारोबार सुरु भएको हो। त्यस्तै आईएमई लाइफ इन्स्योरेन्सको पहिलो कारोबार ५२९.५ रुपैयाँमा भएको छ ।

    पहिलो कारोबारको लागि लागि १७६ रुपैयाँ ७३ पैसा देखि ५२९ रुपैयाँ २९ पैसासम्मको रेन्ज तोकिएकोमा ५२९.५ रुपैयाँबाट कारोबार सुरु भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न गरेको छ ।नेपाल रिपब्लिक मिडियाको NRM सिम्बलबाट र आईएमई लाइफ इन्स्योरेन्सको ILI सिम्बलबाट कारोबार भएको हो ।

    बिहिबार दुवै कम्पनीको शेयर सुचिकृत भएको थियो । नेपाल रिपब्लिक मिडियाको ९६ लाख ७५ हजार कित्ता र आईएमई लाइफ इन्स्योरेन्सको ४ करोड कितात शेयर सुचिकृत भएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *