चितवनको स्वास्थ्य कार्यालयले मनकामना अस्पतालसँग माग्यो सुत्केरी मृत्युको विवरण

    चितवनको स्वास्थ्य कार्यालयले मनकामना अस्पतालसँग माग्यो सुत्केरी मृत्युको विवरण

    चितवनको मनकामना अस्पताललाई स्वास्थ्य कार्यालय चितवनले पत्र काटेको छ ।

    शनिबार गर्भपतन गराउने क्रममा एक महिलाको मृत्यु भएपछि कार्यालयले अस्पताललाई घटना विवरणबारे लेखी पठाउन पत्र पठाएको हो ।

    कार्यालयका जनस्वास्थ्य नर्स नन्दकली चापागाईंका अनुसार बिरामी भर्ना भएदेखि मृत्युसम्मको घटना विवरण आजै पठाउन अस्पताललाई भनिएको छ ।

    भरतपुर महानगरपालिका-२६ की ३५ वर्षीया नविना महतो थारूको शनिबार उपचारका क्रममा मृत्यु भएको थियो ।

    उनको मृत्यु भएपछि परिवारले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै अस्पताल घेराउ गरेका थिए ।

    घटनापछि मृतकका आफन्त र अस्पताल प्रशासनबीच भएको वार्तापछि अस्पतालले रु २७ लाख ५० हजार क्षतिपूर्ति दिएको परिवारले जनाएको छ ।

    सो अस्पताललाई गर्भपतन गराउने अनुमति नभएको भन्दै चौतर्फी आलोचनासमेत भएको छ ।

    स्वास्थ्य कार्यालयमा गर्भपतन गराउन अनुमति लिएका अस्पतालको सूचीमा मनकामना अस्पताल पर्दैन । सो अस्पतालमा करिब चार महिनाको गर्भपतन गराउने क्रममा महिलाको मृत्यु भएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *