के हो आत्म प्रेम ? कसरी आफुले आफैलाई प्रेम गर्ने ? पढ्नुहोस्

    आफुलाई माया गर्नु नै सफलताको पहिलो सिढी चढ्नु हो । जीवनको चुनौतिहरुको सामना गर्दै सफल हुन चाहनुहुन्छ भने सबैभन्दा पहिले आफुलाई माया गर्न सिक्नु पर्छ । चुनौतीपूर्ण समयको बेलामा सबैभन्दा धेरै सेल्फ लभको जरूरत पर्छ ।

    हामी हरेक दिन चुनौतिको सामना गरिरहेका हुन्छौ । खासगरी जब वर्किंङ र होम मेकर दुवैको डबल रोल हामी निभाई रहेका हुँन्छौ । घर र कामको जिम्मेवारी पुरा गर्नु पर्ने हुन्छ।

    यदि हामी कुनै काम पुरा गर्न सकेनौ भने असफलता प्राप्त हुन्छ र त्यो समय चुनौतीपूर्ण हुन सक्छ । चुनौतिको अगाडी हार्ने कुरा डरको कारण त्यस चुनौतिको सामना नै नगर्ने चाहना पनि महसुस हुन सक्छ । यो समयमा व्यक्ति आफैलाई नै सबै भन्दा धेरै दोष दिन थाल्छ । विशेषज्ञहरु बताउछन् कि चुनौतीपूर्ण समयको बेला सबै भन्दा धेरै सेल्फ लबको आवश्यकता पर्छ ।

    सेल्फ लब अपनाउने र डेभलप गर्ने उपायहरुः

    १) आफ्नो वेल बिइंगमा फोकस गर्ने
    हामी आफ्नो भलो गरे पछि मात्र अरुको भलो गर्न सक्छौ ।अरुको ख्याल राख्दा राख्दै हामी आफै बिरामी पर्न सक्छौ त्यसैले आफ्नो स्वास्थ्यको पनि हामीले ख्याल राख्नु पर्छ । बिरामी भए पछि हाम्रो सफलतामा पनि ब्रेक लाग्न सक्छ । त्यसैले आफु प्रति ध्यान केंद्रित गर्ने र आफुलाई प्राथमिकता दिने। आफुमा आत्मविश्वास जगाउने। यदि चाहनु हुन्छ भने खानपान र फिटनेसमा ध्यान दिने यसको लागी समय निकाल्ने। किनभने सुन्दर जिवन स्वस्थ मन र शरीरबाट प्राप्त हुन्छ ।

    २) कन्सियस भएर आफ्नो ख्याल राख्ने
    कति समय धेरै मानिसहरु ड्यूटी गर्ने चक्करमा ब्रेकफास्ट, लंच, डिनर नै गर्दैनन् । कति दिन सम्म आफ्नो अनुहार एैनामा हेर्न सम्म पनि पाउदैनन् । आफ्नो देखभाल नै इग्नोर गर्छन् । आफ्नो मन पर्ने र नपर्ने कुराहरुमा ख्याल राख्नु पर्छ । आफ्नो देखभाल गर्ने बानी बसाल्दा नै आफु प्रति प्रेम जगाउन सकिन्छ।

    ३) हामी मायना राख्छौ भनेर सधैँ याद राख्ने
    हामी सधैँ आफुलाई कम सम्झिन्छौँ र आफुलाई महत्व दिन भुल्छौ। दिन भरीको व्यस्तताको बीच केहि समय आफ्नो लागी समय निकाल्ने । केहि क्षण यो जरुर सोच्नुस कि तपाई विशेष हुनु हुन्छ । तपाईले केहि श्रेष्ठ कार्य गर्नु भएको छ। यदि तपाई कसैलाई माया गर्न चाहनु हुन्छ अथवा कसैलाई माया गर्नुहुन्छ भने सबै भन्दा पहिले आफुलाई बिना शर्त माया गर्न सुरु गर्नुहोस् । जब तपाई आफुलाई माया गर्न सिक्नु भयो भने मात्र अर्को व्यक्तिले तपाईलाई महत्व दिन्छ । सबै भन्दा पहिले आफ्नो साथको आनन्द उठाउन सिक्नु होस ।

    ४) आफुलाई महत्वपूर्ण व्यक्ति बनाउने
    तपाई आफ्नो लागी महत्वपुर्ण हुनु हुन्छ । त्यसैले आफ्नो ख्याल राख्ने कोसिस गर्नु पर्छ । आफ्नो मेन्टल र फिजिकल स्वास्थ्यको ख्याल राख्ने । आफुलाई मन पर्ने कुराहरु गर्ने , आफुलाई मन पर्ने अपनी स्थानहरुमा घुम्ने , लंग ड्राइभ जाने , प्रकृतिलाई निहार्ने इत्यादि कार्यहरु गर्ने । यदि अगाडी बढ्न र सफलता हासिल गर्नु छ भने सबै भन्दा पहिले आफुलाई बिना सर्त आफुलाई माया गर्नु आवश्यक हुन्छ । सेल्फ लब बिना तपाई कहिल्यै पनि अरुलाई सही तरीकाले माया गर्न सक्नुहुन्न ।

    आजबाटै आफ्नो ख्याल राख्न शुरू गर्नुहोस, आफुलाई फिट एण्ड फाइन राख्न सरू गर्नुहोस किनभने जब तपाई स्वस्थ हुनु हुन्छ तब मात्र जीवन वास्तवमै सुन्दर हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *