शलगम खाँदा क्यान्सरको खतरा कम : यसको फाइबर– भिटामिनले कपाल हुन्छ स्वस्थ, धेरै खाँदा हानि पनि

    शलगम खाँदा क्यान्सरको खतरा कम : यसको फाइबर– भिटामिनले कपाल हुन्छ स्वस्थ, धेरै खाँदा हानि पनि

    जाडो मौसम चलिरहेको छ । बजारमा हरियो तरकारीको प्रशस्तै आउन थालेका छन् । कतै मेथी, बेथे, त कतै ताजा पालुङ्गो, काउली, बन्दागोभी पाइन्छन् । यी तरकारीहरू मध्ये, अर्को एक तरकारी छ जुन तरकारी कम र औषधि बढी हो । यो तरकारी हो शलगम । यसलाई गान्टे मुला पनि भनिन्छ । माथिको केही भाग बैजनी र बाँकी भाग सेतो हुन्छ । यो आलु र चुकन्दर झैँ माटो मुनी फल्ने तरकारी हुन् ।

    पात र जरा दुवै लाभदायी: शलगमको पात र जरा दुवै खाइन्छ । यद्यपि अधिकांशले जरा अर्थात् मुख्य तरकारी मात्रै खाने गर्छन् । शलगममा क्याल्सियम, आइरन, म्याग्नेसियम, म्याग्निज, फस्फोरस, पोटासियम र सोडियम मिनरल पाइन्छन् । साथै यसमा भिटामिन ए, सी, ई, के पाइन्छ ।भारतकी डायटिशियन मेघा सिंहले भारतीय सञ्चार माध्यम दैनिक भास्करसँग शलगमबारे जानकारी दिएकी छिन् । उनका अनुसार शलगममा बी वान, बी टु, बी थ्री, बी फाइभ, बी सिक्स र बी नाइन जस्ता बी कम्प्लेक्स भिटामिन पाइन्छ । एक कप शलगममा २.३४ ग्राम फाइबर हुन्छ जबकि एक ग्राम भन्दा बढी प्रोटिन हुन्छ । जबकि यसमा शून्य फ्याट हुन्छ ।

    यस्तै भारतकै अर्की आहारविद् विजयश्री प्रसादका अनुसार शलगमलाई युरोपमा मिराकल भेजिटेबल भनिन्छ । यसमा भएका पौष्टिक तत्व शरीरका लागि निकै लाभदायी हुन्छन् । यो खाँदा हड्डी बलियो हुन्छ । ज्येष्ठ नागरिकले आफ्नो खानामा शलगमलाई समावेश गर्दा यसले अत्यधिक लाभ प्रदान गर्छ ।

    शलगम काँचै खान सकिन्छ ? मेडिका अस्पतालका प्रमुख आहारविज्ञ डा. विजयश्री प्रसाद शलगमलाई काँचै र पकाएर खान सकिने बताउँछिन् । यसको बाहिरी बोक्रालाई हटाउन सकिन्छ । शलगमको रस पनि पिउन सकिन्छ । यसलाई सलादको रुपमा खान सकिन्छ ।

    एक कप काटिएको शलगममा पाइने पौष्टिक तत्व:
    – ३६.४ ग्राम क्यालोरी
    – १.१७ ग्राम प्रोटिन
    – ०.१३ ग्राम फ्याट
    – ८.३६ ग्राम कार्बोहाइड्रेट
    – २.३४ ग्राम फाइबर
    – ३९ एमजी क्याल्सियम
    – ०.३९ एमजी आइरन
    – १४.३ एमजी म्याग्नेसियम
    – ३५.१ एमजी फस्फोरस
    – ०.१३ एमसीजी भिटामिन के
    – ८७.१ एमजी सोडियम
    – ०.३५१ एमजी जिंक
    – २७.३ एमजी भिटामिन सी
    – १९.५ एमसीजी फोलेट

    शलगमले क्यान्सरबाट बचाउँछ: ल्यान्सेट जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार शलगम खाँदा क्यान्सरको खतरा कम हुन्छ । यसमा एक कम्पाउन्ड सल्फोराफेन हुन्छ जुन क्यान्सरको उपचारमा प्रभावकारी हुन्छ । शलगममा एन्टिअक्सिडेन्ट पनि प्रशस्त हुन्छ । यसले क्यान्सरलाई उत्परिवर्तन हुनबाट रोक्छ ।

    गर्भावस्थामा पनि शलगम खानुहोस्: गर्भावस्थामा थोरै मत्रामा शलगम पकाएर खान सकिन्छ । यसमा फोलिक एसिड र आइरन उच्च मात्रामा पाइन्छ । शलगमको पातमा फाइबर धेरै हुन्छ । गर्भावस्थामा कब्जियत बढी हुने भएकाले पाचनमा पनि शलगम उपयोगी हुन्छ । उच्च फाइबरका कारण रगतमा चिनीको मात्रा पनि नियन्त्रणमा रहन्छ ।

    कपाल स्वस्थ बनाउँछ: डा. मेघाका अनुसार शलगममा आइरन र एन्टिअक्सिडेन्टसँगै बिटा क्यारोटिन पनि हुन्छ । यसले कपाल बलियो बनाउन मद्दत गर्छ । बिटा क्यारोटिनका कारण आँखाको ज्योति पनि बढ्छ । हालैको अनुसन्धानले शलगममा पाइने एन्टिअक्सिडेन्टले मोतिबिन्दु र ग्लुकोमा पनि निको हुने देखाएको छ ।

    शलगमले बढेको तौल घटाउँछ: शलगममा क्यालोरी धेरै कम हुन्छ । त्यसैले यसलाई खाँदा तौल बढ्ने खतरा हुँदैन । साथै, शलगममा भिटामिन बी कम्प्लेक्स हुन्छ । यसले शरीरको मेटाबोलिजमलाई स्वस्थ राख्न मद्दत गर्छ । यसलाई खानामा समावेश गरेर बढेको तौल घटाउन सकिन्छ ।

    धेरै नै खाँदा हानी पनि: यदि शलगमलाई आवश्यकताभन्दा बढी खायो भने यसले हानी पनि गर्न सक्छ । यसले थाइराइड हर्मोनमा गडबडी हुनसक्छ । कहिलेकाहीँ थाइरोइड हर्मोन अत्यधिक मात्रामा निस्कन थाल्छ । शलगममा फाइबरको मात्रा बढी भएकाले पखाला लाग्ने सम्भावना पनि हुन्छ । चार वर्ष वा सोभन्दा माथिका बालबालिकालाई २५ ग्रामभन्दा बढी शलगम दिनु हुँदैन । शलगममा भिटामिन के प्रचुर मात्रामा पाइने डा. विजयश्री प्रसाद बताउँछिन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *