भारतको दबाबमा कांग्रेस र एमालेले संघियता स्विकार गरेको राजमो लुम्बिनी प्रदेश अध्यक्ष खत्रीको आरोप

    भारतको दबाबमा कांग्रेस र एमालेले संघियता स्विकार गरेको राजमो लुम्बिनी प्रदेश अध्यक्ष खत्रीको आरोप

    अर्घाखाँची । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले भारतको दबाबमा कांग्रेस र एमालेले संघियता स्विकार गरेको आरोप लगाएका छन् । उनले देशको अवस्था नबुझी अर्कैको इसारामा संघियता लागू गरिनु दुर्भाग्य रहेको बताएका छन् ।

    राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खत्रीले यस्तो बताएका हुन् । उनले कुनै पनि बिषयबस्तुमा राम्रा र नराम्रा दुबै पक्ष हुने भन्दै संबिधानले ब्यवस्था गरेका धेरै पक्ष राम्रा भएपनि संघियता यसको दुर्वल पक्ष रहेको बताए । उनले राष्ट्रिय जनमोर्चाले बिरोध गरेको संघियताको गुण र अवगुणको बारे बहस गर्नु पर्ने जरुरी रहेको बताए ।

     

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *