अब श्रमिकले एक घण्टा काम गरे ९५ रुपैयाँ पारिश्रमिक पाउने

    आंशिक समय मात्र काम गर्ने श्रमिकहरुले प्रतिघण्टा ९५ रुपैयाँ न्युनतम पारिश्रमिक पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्धारण गरेको पारिश्रमिक बिहीबार राजपत्रमा प्रकाशित गरेसँगै श्रमिकले एक घण्टा काम गरे ९५ रुपैयाँ पाउने भएका हुन् ।

    मन्त्रालयले यही साउन १ गतेदेखि लागु हुने गरी औपचारिक क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरेको हो । जसअनुसार वृद्धि भएको पारिश्रमिकमा औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको मासिक न्यूनतम पारिश्रमिकमा १० हजार आठ सय २० आधारभूत पारिश्रमिक र छ हजार चार सय ८० महँगी भत्ता रहेको छ ।

    यस्तै, प्रतिघण्टा ८९, दैनिक छ सय ६८ र आंशिक समय मात्र काम गर्ने श्रमिकको प्रतिघण्टा ९५ पारिश्रमिक निर्धारण गरिएको हो । यस्तै श्रमिकले मासिक १७ हजार तीन सय न्युनतम परिश्रमिक पाउनेगरी पारिश्रमिक निर्धारण गरिएको छ ।

    उपर्युक्त पारिश्रमिकका अतिरिक्त श्रम ऐन–२०७४, योगदानमा आधारित सामाजिक सुरक्षा–२०७४, श्रम सम्झौता, नियुक्ति पत्र र श्रमिकले पाउने सञ्चय कोष, उपदानलगायतका सुविधा अनिवार्यरुपमा हुनुपर्ने राजपत्रमा उल्लेख छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *