राति छिनछिनमा पिसाब लाग्छ ? हुनसक्छ यस्तो गम्भीर रोगको संकेत, ख्याल गर्नुहोस्।
यदि तपाईले सामान्य भन्दा बढी पटक पिसाब गर्न थाल्नु भएको छ भने, यो कुनै गम्भीर रोगको संकेत हुनसक्छ । त्यसैले तुरुन्तै डाक्टरसँग जाँच गराउनुहोला ।केही मानिसहरूले पिसाब गर्नका लागि राति पटक–पटक उठ्नु परेको गुनासो गरिरहेका हुन्छन् । जसकारण उनीहरूलाई सुत्न गाह्रो हुन्छ । यस्तो समस्यालाई मेडिकल भाषामा ‘नोक्टुरिया’ भनिन्छ । त्यसैले आज हामी यो रोगबारे चर्चा गर्न गइरहेका छौँ ।
बारम्बार पिसाब लाग्नुको कारण:सामान्यतया रातमा १ देखि २ पटक पिसाब लाग्छ । तर यो भन्दा बढी भयो भने आन्तरिक समस्याको संकेत पनि हुन सक्छ । आउनुहोस् पहिले यसको सामान्य कारणहरू हेरौं।राति उठेर पटक-पटक पिसाब फेर्नुका पछाडिको कारण क्याफिन, मदिरा, धुम्रपान, तनाव पनि हुन सक्छ । यी सबै तत्वले पिसाबलाई गति दिन्छन् । धेरै मदिरा, चिया वा कफी सेवनले पिसाब उत्पादन हुन्छ ।
अब नोक्टुरियाबारे कुरा गरौँ । बुढेसकालमा हुने हर्मोन परिवर्तनका कारण पनि यो रोग लाग्ने गर्छ । जसका कारण पिसाब संक्रमणको खतरा पनि बढ्छ । त्यस्ता मान्छेहरूलाई पिसाब गर्दा पोल्ने समस्या हुनुका साथैं पेट दुख्ने समस्या पनि हुन्छ ।टाइप २ मधुमेह पनि यो रोगको कारण बन्न सक्छ । यसका साथै मृगौलाको बिरामी, ब्ल्याडर प्रोलाप्सका कारण पनि यो रोग लाग्न सक्छ । यस्तो समस्या भएका बिरामीले तत्काल डाक्टरसँग सम्पर्क गर्नुपर्छ ।