मेवा खानुहुन्छ ? यस्ता व्यक्तिले खानु हँदैन मेवा !

    गर्मीमा हामीले प्राय मेवाको ब्यापार ज्यादा देख्ने गरेका छौ । मेवा खाँदा मिठो पनि हुन्छ । तर मेवाको सेवन कुनै समयमा शरीरका लागि निकै घातक पनि हुन्छ । म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन र क्यारोटिन तथा डायटरी फाइबर जस्ता शरीरलाई फाइदा पुग्ने तत्वहरुले भरिएको मेवाले फाइदा मात्र होइन बेफाइदा पनि गने गर्छ । आयुर्वेदका अनुसार मेवा सेवन शरीरको लागि जति धेरै फाइदाजनक छ त्यति नै यसका नराम्रा असरहरु पनि रहेका छन् ।

    गर्भवती महिला: गर्भवती महिलाले मेवाको सेवन गर्नु हानिकारक मानिन्छ । मेवाले गर्भाशयलाई संकुचित गरिदिन्छ भने यसको सेवनले गर्भपतन हुने खतरा बढ्छ । एलर्जी क्यारोटेनिया नामक रोगको विरामीले मेवाको सेवन गर्नुहुँदैन । मेवामा भएको लेटेक्स नाम पदार्थले उक्त रोगका विरामीमा छालाको एलर्जी हुने हुन्छ ।

    झाडापखलामा: पेटमा समस्या भएको समयमा वा झाडापखला लागेको समयमा मेवाको सेवन गर्दा झन् धेरै पखाला लाग्न सक्छ यस्तो बेला मेवा सेवन गर्नु हुँदैन ।

    ब्लड प्रेसर: मेवाले शरीरमा सुगरको मात्रा कम गराउँन मद्दत गर्छ । तर, मधुमेहसँगसँगै ब्लड प्रेसरको समस्या भएकाहरुले मेवाको सेवा गर्नुुहुँदैन । प्रेसर नियन्त्रण गर्ने औषधि सेवन गर्नेहरुले डाक्टरको सल्लाहविना मेवाको सेवन गर्नुहुँदैन ।

    मुटु रोग: मुटु रोगसँग सम्बन्धित समस्याबाट गुज्रिरहनुभएको छ र औषधि सेवन गरिरहनु भएको छ भने मेवाको सेवन गर्नु हुँदैन ।

    घाँटीको समस्या: एक दिनमा एउटाभन्दा बढी मेवाको सेवन गर्दा घाँटीमा समस्या आउँने अदाछ ।

    मृगौलामा पथ्थरी: धेरै मात्रामा भिटामिन सीको सेवनले मृगौलामा पथ्थरी गराउँने अध्ययनले देखाएको छ । मेवामा उच्च मात्रामा भिटामिन सी हुने भएकाले पथ्थरीको समस्या निम्त्याउँन सक्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *