तपाईँको पनि सास गन्हाएको छ कि ? यसरी गर्नुस समाधान

    तपाईँको पनि सास गन्हाएको छ कि ? यसरी गर्नुस समाधान

    तपाईँले कत्तिको याद गर्नु भएको छ कहिलेकाही निकै ‘पर्सनालिटी’ देखिने तर छेउमा पुगेर कुराकानी गर्दा ह्रवास्सै सास गन्हाउने । अनि कहिलेकाही आफैलाई अप्ठेरो हुने गरी आफ्नै सास गन्हाउने । कसैकसैलाई त दिनँहु दाँत माझ्ने तर स्वास गन्हाउन नछाडने समस्या समेत पिरोल्ने गरेको देखिएको छ । यस पटक हामीले स्वासमा हुने दुर्गन्धको बारेमा तपाईँहरुलाई जानकारी दिने प्रयास गरेका छौँ ।

    सास दुई कारणले गन्हाउछ । पहिलो मुख तथा दाँतमा जम्मा भएको फोहरेका कारण , अनि दोस्रो कारण चाँहि पेटमा भएको समस्या ।

    दिनहुँ दाँत ब्रस गर्ने तथा मुख सफा गर्नेहरुको पनि नजिक पर्दा कहिलेकाही सास गन्हाउछ । यदि त्यस्तो छ भने पक्कै पनि उसको पाचन प्रकृयामा गडवढी हुनसक्छ । पाचन प्रकृया ठिक छैन भने भित्रैबाट आउने सास दुर्गन्धित हुन्छ । त्यसर्थ सास गन्हाउने पनि एकखालको स्वास्थ्य समस्या हो । चिकित्सकिय भाषामा यस रोगलाई ‘हेलिटाइसिस’ भन्ने गरिन्छ ।

    किन दुर्गन्धित हुन्छ सास ?

    सास गन्हाउने कारण धेरै छन यद्धपी ती मुख र पेटमा हुने समस्यासंग गासिएका हुन्छन । चिकित्सकहरु यो समस्या आउनुमा ९० प्रतिशत मुखमा भएका किटाणुहरुको बृद्धिले हुने बताउछन । १० प्रतिशत मात्रै शरीरका भित्री भागमा भएका अंगहरुको समस्याले हुने गर्छ ।

    कलेजो , मृगौला, मधुमेह तथा पिनास हुँदा समेत यस्तो समस्या देखिन्छ । जुन तत्काल समाधान गर्नु जरुरी छ । मुखमा किटाणु बढनुको कारण भने खानेकुरा दाँतमा अडकेर सडने र त्यसबाट किटाणु उत्पन्न हुनु हो । गीजाको रोग ‘पायरिया’ भएर पनि यस्तो समस्या आउने गर्छ । दाँतमा फोहर जम्नु, टन्सिलको इन्फेक्सन हुनु , नाक तथा साइनसमा बिकार आउनु, मुखमा घाउ निस्कनु, श्वास नलिमा या फोक्सोमा बिकार जम्मा हुनु हो ।

    त्यसो त चिकित्सकहरुले मदिरा पान गर्ने, मधुमेह, कव्जियत, पेठको अल्सर, अपच, टिवि, निमोनिया, पिनास जस्ता समस्याले ग्रस्तव्यक्तिको पनि सास गन्हाउने बताउछन् । बोसो तथा प्रोटिनयुक्त खानाहरुकोृ अत्यधिक सेवनले पनि यो समस्या बढाउछ । त्यसबाहेक नियमित रुपमा दाँत नमाझने, दाँतको फ्लस नगर्ने, जिव्रो सफा नगर्नु, मुख कुल्ला नगर्नुले पनि यस्तो समस्या निम्त्याउछ ।

    अन्य रोगको पनि जनाउछ दिन्छ ?
    सास गन्हाउने समस्या शरीरमा विकसित हुदै गएको विकारका कारणले पनि हुनसक्छ । जस्तै पेटमा अपच भयो भने पनि सास गन्हाउछ , दाँत नियमित ब्रस नगरे पनि दुर्गन्ध आउँछ । गिजाको भित्री भागमा पिप जम्यो वा घाउ आयो भने पनि सास गन्हाउन थाल्छ । त्यसबाहेक पेठको अल्सर, अपच, टिवि, निमोनिया, साइनस जस्ता कारणले सास गन्हाउनुको कारण बन्न सक्छ ।

    के गर्ने त ?
    मुख गन्हाउने समस्या देखा परेमा शुद्ध हलुका र सुपाच्य भोजन गर्ने, जिव्रो माथिल्लो भागमा लागेको लेउजस्तो फोहर सफा गर्ने र रातो टमाटरमा नून हालेर खाने गरेमा पनि दुर्गन्ध कम हुन्छ ।

    सफासग धोएको काचो पालुङ्गो र बन्दा चपाएर विहान बेलुका खाने गर्नाले पनि राहत मिल्ने चिकित्सकहरु बताउछन । आधा चम्चा सुठोको धुलो विहान बेलुका खाना पछि खाने गरेमा पनि त्यसले दुर्गन्ध घटाउछ । खाना पछि तुलसी पत्ता, पुदिन र काँचो सलगम चवाएर खाने गर्नाले पनि समस्या समाधान हुन्छ । कागती र अमलाको प्रयोग बढाएमा पनि दुर्गन्ध कम हुन्छ ।

    यी बाहेक सबैभन्दा बढी प्रयोग पानीकै हुन्छ । प्रसस्त पानी पिउनी व्यक्तिको पाचन प्रकृयालाई नियमित गराउछ । मुख सुख्खा भयो भने पनि मुख गनाउछ । त्यसैले थोरै थोरै भएपनि पानी पिइ राख्नु राम्रो हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *