अजिनो मोटोयुक्त खानेकुरा खाँदा के हुन्छ ? यी हुन् अजिनो मोटो खानुका बेफाइदाहरु

    सामान्य खाजाघरदेखि ठूला रेस्टुरेन्टसम्म खानेकुराको स्वाद बढाउन भन्दै अजिनोमोटो प्रयोग गरिन्छ । सेतो मसला भनिने अजिनोमोटो वर्षमा ४ हजार मेट्रिक टन सम्म आयात हुन्छ । चिकित्सकका अनुसार खानेकुरामा यसको प्रयोग स्वास्थ्यका दृष्टिले हानिकारक छ ।हेर्दा टलक्क टल्किएका यी दाना खानेकुरालाई थप स्वादिलो बनाउन प्रयोग गरिने मोनोसोडियम ग्लुटामेट अजिनोमोटो हो । खानामा मिसाएपछि पग्लिने अजिनोमोटो यस्तो केमिकल हो जसले जिब्रोको स्वाद लिने भागलाई सक्रिय बनाउँछ । खुद्रा पसलदेखि ठूला स्टोरसम्म सजिलै पाइने यो मोनोसोडियम ग्लुटामेट स्वास्थ्यको लागि भने अत्यन्त हानिकारक छ ।

    अजिनोमोटोयुक्त खानेकुरा खाँदा: रगतमा ग्लुटामेटको स्तर बढ्छ, मुख्य अंगको कार्यक्षमता कमजोर बनाउँछ ।आँखाको रेटिनामा नोक्सान पुर्याउँछ, मस्तिष्कको न्यूरोन्समा असर गर्छ । प्रजनन् क्षमता कमजोर बनाउँछ, गर्भवती र गर्भको बच्चाबीच खाद्य अपूर्तीमा अवरोध पैदा गर्छ । शरीरमा सोडियमको मात्रासँगै ब्लड प्रेसर पनि बढ्छ । क्यान्सरको जोखिम बढाउछ यस्तै, अजिनोमोटोले अधिक भोजन रोक्न मस्तिष्कलाई संकेत गर्ने शरीरमा रहेको लेप्टिन हर्मोनलाई कमजोर बनाउँछ ।त्यसैले अजिनोमोटो हालेको खाना जत्ति खाए पनि अघाएको जस्तो लाग्दैन । भारत, पाकिस्तान, युरोपका केहीसहित विश्वका करिब ५० देशमा स्वास्थ्यका लागि घातक अजिनोमोटोको प्रयोग बर्जित छ ।

    यो रसायन क्यान फुड, फास्ट फुड एवं जंक फुड आदिमा प्रयोग गरिन्छ । पास्तामा पनि यसको प्रयोग हुन्छ । हामीले दिनहुँ खाजाका रूपमा प्रयोग गर्ने चाउचाउ तथा अन्य जंक फुडहरूमा यसको बढी प्रयोग गरिएको हुन्छ । यसले बालबालिकाहरूमा फुड एलर्जी, अपचका साथै दमको संकेत देखाउन सक्छ । यसको नियमित प्रयोग हानिकारक छ ।

    यसले उत्तेजना बढाउँछ भने मस्तिष्कका कोषहरू नष्ट गर्छ । त्यसैले यस्तो हानिकारक पदार्थको प्रयोगबाट बच्नुमै बुद्धिमानी हुन्छ । अजिनो मोटोद्वारा बनाईएका परिकारमा पृथक किसिमको स्वाद प्रदान गर्छ तर स्वाद मात्र हेरेर हुँदैन, यसले स्वास्थ्यमा पार्ने नकारात्मक असर पनि उत्तिकै छ । यो सेतो मसलाको रासायनिक नाम ‘मानोसोडियम ग्लुटेमेट’ हो ।

    तर, नेपालमा अत्यधिक आयात भैरहेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक बर्षमा ४ लाख ८४ हजार केजी अजिनोमोटो आयात भएको छ ।नेपालजस्तो सानो मुलुकमा यति धेरै मनोसोडिएम आयात हुनुले केहि बर्षपछि क्यान्सर रोग भयाभह हुन सक्ने चिकित्सक औंल्याउँछन् । बाइट डा समिर शर्मा, क्यान्सर रोग विशेषज्ञ एकातिर घरको भान्सादेखि होटेलसम्म प्रयोग गर्न अजिनोमोटोको माग बढिरहेको छ भने अर्कातिर उपभोक्ता घातक हुने नहुनेबारे ज्ञान नै नभएको बताउँछन् । कतिलाई त खानामा प्रयोग गरिन्छ भन्ने ज्ञानसमेत छैन ।

    नेपालमा अजिनोमोटो अत्यधिक प्रयोग हुने खाजा मम र चाउमिन हो । हामी पुग्दा एक मम सेन्टरमा अत्यधिक अजिनिमोटो प्रयोग गरिँदै थियो । पकाउदा मिसाइने मात्र होइन प्याकेट बन्द चाउचाउ, चिप्स, फास्टफुडमा पनि अजिनोमोटोको प्रयोग गरिन्छ । मन्द बिषको काम गर्ने अजिनोमोटोको प्रयोगमा सचेत हुन आवश्यक छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *