धेरै चाउचाउ खाने व्यक्ति लाई यी रोगको उच्च जोखिम !

    धेरैलाई चाउमिन वा चाउचाउ खान एकदमै मन पर्छ । नुडल्स खासगरी बच्चाको झनै मनपर्ने खानामा पर्छ । तर, चाउमिन वा चाउचाउको सेवनले शरीरमा धेरै नोक्सान पुर्‍याउन सक्छ ।त्यसैले बेलैमा त्यसबारेमा जानेर चाउचाउ खान कम गरिहाल्नुस् । एकदमै छिटो बन्ने तथा मिठो हुने चाउचाउ स्वादिलो हुन्छ । तर यसलाई पचाउन एकदमै धेरै समय लाग्छ । जसले गर्दा पाचनतन्त्रलाई धेरै नै मेहनत गर्नुपर्ने हुन्छ ।धेरै मात्रामा चाउचाउको सेवन गर्नाले तपाईंको स्वास्थ्य पनि खराब हुन्छ ।

    दैनिक जसो यसको सेवनले कलेजोमा एकदमै नराम्रो प्रभाव पर्छ ।चाउचाउ खान र पेट भर्नका लागि मात्र हो भन्दा पनि हुन्छ । यसमा कुनै पनि प्रकारको पोषण हुँदैन । त्यसैले यसलाई नियमित रुपमा खाइराख्नु भनेको शरीरमा पोषक तत्वको कमी हुँदै जानु हो ।हप्तामा २–३ पटक भन्दा धेरै चाउचाउको सेवन गर्नाले महिलालाई मेटाबोलिक सिन्ड्रोम हुने खतरा बढ्छ । यसकारणले गर्दा स्वास्थ्य सम्बन्धी कयौं समस्या देखिन सक्छन् । त्यस्तै पेटसँग जोडिएका समस्याबाट बच्न चाहनुहुन्छ भने दैनिक चाउचाउको सेवन नगर्नुहोस् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *