Student भिसामा अष्ट्रेलिया,अमेरिका, जापान जानेले थाहा पाउनुपर्ने यस्ता छन् कुराहरु !

    Student भिसामा अष्ट्रेलिया,अमेरिका, जापान जानेले थाहा पाउनुपर्ने यस्ता छन् कुराहरु !

    हिजोआज नेपाली युवायुवतीहरुको ‘प्ल’स टु’पछिको रोजाइ भनेकै अष्ट्रेलिया, अमेरिका, जापानलगायतका देश हुने गरेका छन्। यी देशहरु पठाउन भन्दै थुप्रै कन्स’ल्टेन्सीहरु खुलेका छन्। उच्च शिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीहरु जताततै खुलेका कन्सल्टेन्सीका कारण कुन रोज्ने भन्ने दुविधामा पर्ने गरेका छन्।

    कतिपय विद्यार्थीहरुको अरुले भनेको वा सुनेको भरमा क’न्सल्टे’न्सी रोजेकै कारण लाखौँ रुपैयाँ डुबेको समाचार हाम्रा लागि नयाँ पक्कै होइन। गलत क’न्सल्टे’न्सीको रोजाइका कारण विदेशमा पुगेर दुःख पाउने गरेका थुप्रै उदाहरणहरु पनि हामीले सुन्ने गरेका छौँ।

    विदेश जाने विद्यार्थीहरु तथा उनीहरुको परिवारले बुझेर काउन्सि’लिङ नगरेकै कारण विद्यार्थीहरुले विदेशमा गएर दुःख पाउने गरेको अष्ट्रेलियाको सिड्नीस्थित रि’ड्ज इन्ट’रनेशनल कलेजका सिईओ किशोरराज अर्याल बताउँछन्।

    रि’ड्ज इन्टरनेशनल कलेज भने भर्खरैबाट सञ्चालनमा आएको हो। तर, २०१८ सालदेखि अष्ट्रेलिया इन्टर’नेशनल एकेडेमी अफ एजुकेशन सञ्चालन हुँदै आएकोमा त्यसलाई नै रि’ब्राण्डिङ गरेर रिड्ज इन्टरनेशनल कलेजको सुरुवात गरेको अर्याल बताउँछन्।

    हाल नेपालबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने थुप्रै विद्यार्थीहरुले रिड्ज इन्टरनेशनल रोज्ने गरेको अर्यालको दाबी छ। ‘रिड्जलाई नै राज्नुको पनि केही कारणहरु छन्। एक त नेपाली विद्यार्थीहरुलाई नेपालीले नै संचालन गरेको भनिसकेपछि उनीहरुलाई एउटा दरिलो आधार हुन्छ। अर्को भनेको चाहिँ हामी उनीहरुले बुझ्ने तरिकाले काउ’न्सि’लिङ गरीरहेका हुन्छौँ,’ उनी भन्छन्, ‘उच्च शिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीहरुका लागि सही काउन्सि’लिङ हुनु एकदमै आवश्यक छ।’

    सही तरिकाले काउन्सि’लिङ नभएकै कारण विद्यार्थीहरुले धेरै दुःख पाउने गरेको उनी बताउँछन्। ‘नेपालमा प्राय: कन्स’ल्टेन्सीहरुले विद्यार्थीहरुलाई छिट्टै भिजा दिइहाल्ने होड्मा सही तरिकाले काउन्सिलिङ गरेका हुँदैनन्। कम्तिमा जाने व्यक्तिले त्यहाँको सिस्टमको बारेमा बुझेको हुनुपर्‍यो।

    खान, बस्न, पढाइका लागि कति खर्च हुन्छ भन्ने कुरा बुझेको हुनुपर्‍यो,’ उनी भन्छन्, ‘तर हाम्रा कन्सल्टेन्सीहरुले सत्य कुरा लुकाइदिएका हुन्छन्। वास्तविक्ता किन लुकाउने? त्यो त उनीहरुले त्यहाँ गएर भोग्नै पर्ने कुराहरु हुन्। त्यति मात्र होइन, कुन विषय पढ्दा राम्रो हुन्छ भन्ने कुरा पनि विद्यार्थीले पहिले नै बुझ्न एकदमै आवश्यक छ।’

    अर्याल नेपालमा हुँदादेखि नै पढाउने पेशामा आबद्ध थिए। उनी अष्ट्रेलिया गएपछि पनि पढाउने पेशालाई निरन्तरता दिए। सोहीलाई निरन्तरता दिने क्रममा नै अष्ट्रेलियामा पनि २०१३ बाट एडभान्स कलेज सुरु गरेको उनी बताउँछन्। एडभान्स कलेज हाल सिड्नीको टप कलेजमध्ये एक भएको उनको दाबी छ।

    ‘रिड्ज इन्टरनेशनल नयाँ नाम भए पनि हाम्रो पुरानो अनुहार हो। हामीले यही क्षेत्रमा काम गरेको पनि वर्षौँ भइसक्यो। त्यसैले पनि हामीलाई धेरैले रुचाउनुभएको हो जस्तो लाग्छ,’ उनी भन्छन्, ‘

    हामीले यसलाई पेशाभन्दा पनि विद्यार्थीहरुलाई सीप सिकाउने, दक्ष बनाउने कुरामा धेरै ध्यान दिने गरेका छौँ, हामीले विद्यार्थीहरुलाई पढेर सर्टि’फिकेट लिएर मात्रै छाड्दैनौँ। उनीहरुले काम नपाएसम्म हामी सघाइरहन्छौँ। हामीकहाँ धेरै विद्यार्थीहरु जोडिनुको अर्को राम्रो पक्ष यो पनि हो।’

    रि’ड्ज इन्ट’रनेशनलमा हाल लिडरसिपका को’र्सहरु, हस्पिटालिटी, आइ’टीलगायतका कोर्सहरु पढाउँदै आइएको छ। चाँडै अन्य कोर्सहरुसमेत थप्दै जाने अर्याल बताउँछन्। आफ्नै किचनसमेत रहेको सो कलेजले सै’द्धान्तिक शिक्षासँगै प्रयोगात्मकलाई पनि उत्तिकै जोड दिइरहेको उनको भनाइ छ।

    ‘हिजोआज उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरु सो क्षेत्रमा जान्ने बुझ्ने भएकोले पहिला नै कलेज छानेर जाने गर्छन्। त्यसले गर्दा पक्कै पनि प्रतिस्पर्धा त बढेको छ,’ उनी भन्छन्, ‘हामीले हाम्रो कलेज राम्रो भन्नुभन्दा पनि अरुले राम्रो भन्दिएकाले कलेज रोज्ने चलन छ। पक्कै पनि यस्तो कुरा रे केही त प्रभाव पर्छ नै त्यैले हामीले क्वालिटी एजुकेशन दिने कुरा नै हाम्रो मुख्य चुनौती हो।’

    पढ्न जाने विद्यार्थीहरुका लागि अष्ट्रेलिया धेरै राम्रो स्थान रहेको उनी बताउँछन्।अहिले काठमाडौँमा पनि थुप्रै होटलहरु खुलेका छन्, जुन विदेश बसेर आउनुभएका भाइबहिनीहरुले संचालन गरिरहनुभएको छ,’

    उनी भन्छन्, ‘विदेश गएर पढेपछि उतै केही गर्नुपर्छ भन्ने छैन। नेपाल आएर पनि गर्न सकिन्छ। त्यसले गरेर नेपालमा पनि केही नयाँ अवधारणा भित्रिन्छ, त्यो त सबैका लागि राम्रो पक्ष हो नि।’

    हाल युवायुवतीहरुको विदेश मोह बढ्दै गइरहेको बेला उच्च शिक्षाका लागि अष्ट्रेलिया भरपर्दो गन्तव्य बन्ने उनी बताउँछन्। पछिल्लो समय नेपालको शैक्षिक क्षेत्रसमेत केही सुधार हँदै गइरहेको उनी बताउँछन्।

    ‘नेपालको शैक्षिक क्षेत्र पहिलेभन्दा सुधार हुँदै गएको छ। नेपालमा पनि सैद्धान्तिक शिक्षाले मात्र हुँदैन। प्रयोगात्मक शिक्षा पनि आवश्यक छ भन्ने कुरालाई जोड् दिन थालिएको छ,’ उनी भन्छन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *