वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठग्ने क्रम बढ्यो

    ७ भदौ, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी हुने क्रम बढेको भन्दै सचेत रहन आग्रह गरेको छ ।
    बिहीवार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले गठिनबाट जोगिन नागरिकहरु सचेत हुनुपर्ने बताए ।‘वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्ने समस्या अहिले आएका छन्,’ उनले भने, ‘एक त यसै बेरोजगार छन्, बेरोजगार भएको अवस्थामा वैदेशिक रोजगारमा पठाउँछु भनेर ठगी गर्नेहरुको संख्या पनि ठूलो छ ।’

    गत वर्षको माघदेखि यसवर्षको असारको मसान्तसम्म काठमाडौं प्रहरीमा ८ हजार ९२३ वटा मुद्दा दर्ता भएको जानकारी दिँदै उनले ५ हजार ९४० जनालाई पक्राउ गरेर कानुनी दायरामा ल्याइसकेको बताए ।साइबर शाखामा ३३२ वटा निवेदन प्राप्त भएको उनले बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *