यी जिल्लामा आज बाढीको उच्च जोखिम

    यी जिल्लामा आज बाढीको उच्च जोखिम

    काठमाडौं । देशका अधिकांश सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । केही जिल्लामा बाढीको उच्च जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस दिन सप्तकोसी, सुनकोसी, तमोर, दूधकोसी, कमला, वाग्मती र महाकाली नदीको जलसतहले सतर्कता तह पार गर्ने पूर्वानुमान छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटमा बाढीको उच्च जोखिम रहने महाशाखाले जनाएको छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    यस्तै, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, बारा, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा र रुपन्देही भई बहने केही साना नदीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान छ ।

    आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, रसुवा, नुवाकोट, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, दाङ, डोटी, डडेलधुरा र दार्चुला भई बहने केही साना नदीमा समेत बहाव बढ्न सक्ने पूर्वानुमान छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *