आठ बीमा कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न दिने प्राधिकरणको निर्णय, कुनलाई कति ?

    काठमाडौं । बीमा प्राधिकरणले मर्जरमा गएर पुँजि पुराउन नसकेका र स्वत पुँजि पुराउन लागेको बीमा कम्पनीहरुलाई बीमा कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको छ । प्राधिकरणले चार जीवन र चार वटा निर्जीवन बीमा कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको हो ।

    एशियन लाइफ इन्स्योरेन्स कम्पनीलाई ४२ प्रतिशत हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको छ ।त्यस्तै, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीलाई २० प्रतिशत, सुर्यज्योति लाइफ इन्स्योरेन्सले १० प्रतिशत प्रभु महालक्ष्मी लाइफले १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएका छन् ।

    निर्जिवन बीमातर्फ युनाइटेड अजोड इन्स्योरेन्सले ३२ प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएको छ ।

    त्यस्तै, नेको इन्स्योरेन्सले २५ प्रतिशत, सानिमा जिआईसीले २५ प्रतिशत र हिमालयन एभरेस्ट इन्स्योरेन्सले १२ प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएका छन् ।

    प्राधिकरणले जीवन बीमा कम्पनीका लागि ५ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम पुँजी तोकेको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *