सन्दीप लामिछाने विरूद्धको बलात्कार मुद्दा आज पनि जिल्ला अदालतले ‘हेर्न नभ्याउने’
जिल्ला अदालत काठमाडौंले आज पनि क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिक बलात्कार मुद्दामा अन्तिम सुनुवाइ गर्न नभ्याएको जनाएको छ।
न्यायाधीश प्रेमप्रकाश पण्डितको इजलासले पेशी सूचीको ५ औं नम्बरमा परेको उक्त मुद्दा हेर्न नभ्याइएको जनाएको छ। उक्त इजलासले अहिले चौंथो नम्बरमा रहेको मुद्दामा सुनुवाइ गरिरहेको छ।
उनको इजलासमा ९ वटा मुद्दा तोकिएका छन्।