एन्जाइटी डिसअर्डर भएको कसरी थाहा पाउने ?

    एन्जाइटी अर्थात् चिन्ता एक मानसिक अवस्था हो । एक कठिन परिस्थितिमा वा कुनै अवस्थामा हरेक मानिसले एन्जाइटीको सामना गरेकै हुन्छन् ।
    वास्तवमा एन्जाइटी तनावपूर्ण घटना तथा मस्तिष्कले आगामी खतराको बारेमा सतर्क गराउने तरिकाको प्रतिक्रिया हो । यसलाई नियन्त्रण गर्न सक्दासम्म र यसले दैनिक जीवनमा वाधा नपुर्याएसम्म यो चिन्ताको विषय नहुन सक्छ।

    तर दैनिक एन्जाइटी भएमा, कामहरूमा वाधा पुग्न थालेमा तथा अन्य जटिलताहरूलाई रोक्नको लागि समस्याको पहिचान गरी जतिसक्दो चाँडो सम्भव भएसम्म उपचार गर्नु आवश्यक हुन्छ । एन्जाइटी डिसअर्डरको उपचारको पहिलो चरण भनेको यसको लक्षणहरू पहिचान गर्नु हो । एन्जाइटी डिसअर्डरका केही सङ्केतहरूः

    –जहिले पनि चिन्तित भइरहेको महसुस हुने

    चिन्तित महसुस गर्दा, सम्पूर्ण आन्तरिक प्रणालीमा असर पुग्ने हन्छ । दिमागले शरीरलाई केही ठीक नभएको महसुस गराउँछ । मुटुको चाल बढ्ने, पसिना, हात काप्ने, मुख सुख्खा हुने जस्ता समस्या नियमित देखिन सक्छ । यस्ता समस्या के कारणले भएको मानिसले पत्ता लगाउन सक्षम हुँदैनन् ।

    –बेचैनी हुने

    बच्चा तथा किशोरकोशोरीमा एन्जाइटी हुँदा मन बेचैन हुनु चिन्ताको एक सामान्य सङ्केत हो । छ महिनासम्म हप्तामा तीनदेखि चार दिनसम्म यस्तो समस्या देखिए एन्जाइटी डिअर्डर भएको मानिन्छ ।

    – थकान

    चिन्ताले मानसिक स्वास्थ्यलाई मात्र नभइ शारीरिक स्वास्थ्यलाई पनि असर गर्छ । गम्भीर थकान, सातदेखि आठ घण्टा सुतेपछि पनि प्रायः थकित महसुस हुन्छ भने एन्जाइटी डिसअर्डरको सङ्केत हुन सक्छ । यस्तोमा मांसपेशी कडा हुने, जोर्नीहरू दुख्ने पनि हुन सक्छ ।

    – एकाग्रता कम हुँदै जाने

    एन्जाइटीको समस्या भएकामध्ये ९० प्रतिशतमा ध्यान केन्द्रित गर्न गाह्रो हुने पाइएको छ । ध्यान केन्द्रित गर्न नसक्दा काममा बाधा पुग्ने, खराब प्रदर्शन हुने तथा दिक्क हुन सक्छ । ध्यान केन्द्रित गर्न गाह्रो हुनु डिप्रेसन वा अन्य मानसिक समस्याको कारण पनि हुनसक्छ ।

    – अनिन्द्रा

    लामो समयसम्म चिन्ताले पिरोलिरहेको कारण निन्द्रामा समस्या आउन सक्छ । अस्वस्थ र थकित महसुस हुँदा समेत निदाउन वा आराम गर्न सकिँदैन । लगातार धड्कन बढ्ने तथा चिन्ताको भावनाले बिउँझाइराख्न सक्छ ।

    – प्यानिक अट्याक

    प्यानिक अट्याक एन्जाइटी डिअर्डरको एक गम्भीर रूप हो, जो समय समयमा भइरहन सक्छ । यसले हृदयघातमा हुँदा देखिने सङ्केत देखाउने हुँदा कहिलेकाँही फरक छुट्याउन गाह्रो हुन्छ । डर लाग्ने, मुटुको धड्कन बढ्ने, पसिना आउने, जिउ काप्ने, सास फेर्न गाह्रो हुने, छाती भारी हुने, वाकवाकी लाग्ने, मर्न लागेको महसुस हुने, नियन्त्रण गुम्ने प्यानिक अट्याकका केही सामान्य लक्षणहरू हुन् ।

    –वाकवाकी लाग्ने तथा पाचनसम्बन्धी समस्या

    खराब मानसिक स्वास्थ्यले शारीरिक स्वास्थ्यलाई पनि बाधा पु¥याउन सक्छ । दीर्घकालीन चिन्ताबाट ग्रस्त भएका एक व्यक्तिलाई वाकवाकी लाग्ने, पेटको दुखाइ हुने, खान मननलाग्ने, कब्जियत हुने जस्तो पाचन समस्या हुन सक्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *