२४ सै घण्टा नेपाली गीतहरू सुन्नुहोस ।

भोलि भदौं १० गते आइतबार, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ । साथीभाइहरु रुष्ट हुनेछन् । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । चिताएको काम पुरा नहुन सक्छ । काममा कठिनाइ सहनु पर्ला, होसीयारी पूर्वक काम गर्नुहोला । यातायातका साधनबाट पनि जोग्गिनु होला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ । पारिवारिक समस्या पनि बढ्ने देखिन्छ । रुचिका विषयमा लगानी बढाउने समय छ । नसोचेको ठाँउबाट आम्दानी हुने दिन छ । सहयोगीहरूले काममा साथ दिनेछन् । अनौठो तरिकाबाट रुपैँया पैसा प्राँप्त हुने दिन रहेको छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
काममा जोश जाँगर आउनाले मन प्रफुल्ल होला । सेयर बजारका काममा पनि सफलता मिल्न सक्छ । व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । आर्थिक लाभ हुने दिन छ । मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ । पुराना साथीभाइसँग पनि भेट होला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
वादविवादमा पर्न सकिन्छ, एकदमै सावधान रहनु होला । अनायसै रुपैँया पैसाको पनि क्षती हुने दिन छ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । साथै, मनमा पिडाले पनि सताउने छ । परिवारजनमा असमझदारी बढ्नेछ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्छन्, विचार गर्नुहोला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
काम तथा नोकरीमा झमेलाको सामना गनुपर्ने दिन छ, तर ब्यापारमा भने लाभ मिल्ला । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । मान सम्मान पनि पाइएला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
सोचेको काम बन्नाले मन हर्षित हुनेछ । मान्यजनको आगमन पनि हुन सक्छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । मान सम्मान बढ्नेछ । सुखको अनुभुति हुनेछ, सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइने छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
नोकरी तथा राजनितीमा गरेका प्रयासहरु फलदाइ रहनेछन् । सामान्यतया दिन ठिकै छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुख सम्मृद्धिमा बृद्धि हुनेछ । कुनै नयाँ कामको स्रोत फेला पर्ने दिन छ । जागिरमा भने समस्या देखा पर्ने देखिन्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
स्वास्थ्यमा गडबडीको संकेत गर्दैछ, खानपिनमा एकदमै सावधान रहनु होला । सानातिना काम र घरेलु समस्यामै अल्झनु पर्ने देखिन्छ । भौतिक साधनको क्षति हुने दिन छ । आज तपाइको सोच्दै नसोचेको ठाँउमा धन जादैँछ । सामान्य रोगले पनि सताउने छ, होसियार रहनु होला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
काममा सहयोगी साथीभाइहरुले राम्रो साथ दिनेछन् । खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ । नयाँ जिम्मेवारी पाइएला । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्, रोकिएका कामहरु बन्ने दिन छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ, साथै ब्यापार ब्यावसायबाट राम्रो लाभ पनि लिन सकिन्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
तपाइका प्रशंसा गर्नेहरु बढ्नेछन् । ब्यापार ब्यावसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ साथै धन लाभ पनि हुनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साह बर्द्धक समय रहेको छ । आम्दानी बढ्न सक्छ, दिन रमाइलो साथ बित्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
टाढाको यात्राबाट धन प्राप्त हुने दिन छ । आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ । अवसर आएपनि विचार गरेर मात्र नयाँ काम सुरु गर्नुहोला । कतै टाढाको यात्राको सम्भावना छ । बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
भौतिक साधनको क्षतिले गर्दा खर्च हुने दिन छ, शरिरमा सामान्य रोगले पनि सताउन सक्छ । स्वास्थ्यगत कमजोरीले सताउला । मनमा घरायसी पिडाले डेरा जमाउन सक्छ । आज तपाइको अनावश्यक रुपमा पैसा खर्च हुनेछ, काम गर्नमा खासै मन नजाला ।

The post भोलि भदौं १० गते आइतबार, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य appeared first on Epress.

You might also like