किन बढ्दैन उमेर अनुसार बच्चाको तौल ?

    किन बढ्दैन उमेर अनुसार बच्चाको तौल ?

    काठमाडौं । बच्चाको तौल नबढ्नु कतिपय अभिभावकका लागि चिन्ताको विषय बनेको हुनसक्छ । उमेर अनुसार बच्चाको शरीरको तौल नबढ्नु चिन्ताको विषय पनि हो ।

    बच्चा जन्मेको पहिलो सातामा केही ग्राम तौल घट्ने गरे पनि त्यसपछि निरन्तर तिब्र गतिमा तौल बढिरहन्छ। तर केही बच्चामा जुन रफ्तारमा तौल बढ्नुपर्ने हो, त्यस्तो हुँदैन। उनीहरु मध्ये धेरैजसोमा लम्बाई वा उचाई पनि उमेर अनुसार बढेको हुँदैन। त्यस्तै बच्चाको तौल उसको लम्बाई वा उचाइको तुलनामा कम हुनसक्छ। बच्चामा तौल नबढ्नुको कारण राम्ररी नखाएर वा रोग लागेर हुनसक्छ। ‘फेलर टु थ्रैव’ आफैंमा रोगको नाम होइन। त्यो त कुनै रोग वा कुपोषणको लक्षण मात्र हो। बच्चाको शारीरिक तथा मानसिक विकास तिब्र गतिमा हुनुपर्ने समयमा देखिने समस्या हो।

    बच्चाको तौल नबढ्नुका निम्न कारण हुन सक्छ

    १. खान पर्याप्त नहुनू
    गरिबी, भोकमरी, प्राकृतिक विपद वा मानवीय संकटका बेला बच्चाका लागि पर्याप्त खाने कुरा उपलब्ध नहुनसक्छ। कहिलेकाहिँ बाबुआमाले नै अज्ञानताका कारण पर्याप्त र सन्तुलित आहार नदिएका हुनसक्छ। पूर्ण रूपमा स्तनपान नगराउँदा र सही समयमा उपयुक्त खालको अतिरिक्त आहार सुरु नगर्दा शिशुहरू कुपोषित हुनपुग्छन् र तौल बढ्दैन।

    २. बच्चाले थोरै मात्र खाइदिनूस्
    बिरामी बच्चाले राम्ररी आहार खान सक्दैनन्। त्यस्तै समयभन्दा पहिला नै जन्मिएका, धेरै कम तौल भएका, वा विकासमा ढिला भएका बच्चाले शरीरलाई आवश्यक पर्ने भन्दा कम खाने गर्छन्। त्यस्तै स्नेहपूर्ण पारिवारिक वातावरण र उचित स्याहार नहुँदा बच्चाले खानेकुरा राम्ररी खाँदैनन्।

    ३. खानेकुराको एलर्जी
    कुनैकुनै खाने कुरा बच्चाले सहँदैनन्। उदाहरणका लागि गाई भैंसीको दुधमा पाइने प्रोटिनले केही बच्चालाई एलर्जी हुन्छ। त्यसैकारण स्तनपान जारी राख्न र सम्भव भएसम्म बच्चा एक वर्ष नपुग्दासम्म जनावरको दुध सुरू नगर्न सल्लाह दिइएको हो। अण्डा, मासु, बदाम, गहुँ आदिका कारण पनि बच्चालाई एलर्जी हुनसक्छ। एलर्जी हुँदाहुँदै त्यस प्रकारका खानेकुरा बच्चालाई दिइरहँदा उनीहरूको तौल नबढ्ने हुन सक्छ।

    ४. संक्रमण
    बच्चामा पिसाव संक्रमण सबैभन्दा बढी देखिने र गम्भीर प्रकारका संक्रमण मध्येको एक हो। त्यसकारण बच्चाको तौल बढिरहेको हुँदैन। त्यस्तै पटक-पटक पखाला लागेर, जुका परेर, क्षयरोग वा एड्स भएर पनि तौल नबढ्ने हुन सक्छ।

    ५. पाचन प्रणालीमा समस्या
    दुध वा खाने कुरा खाए पछि कहिलेकाही अलिकती बाहिर निस्कनु साना बच्चाका निम्ति सामान्य कुरा हो। तर त्यस्तो भइरहन्छ भने त्यो ‘रिफ्लक्स’ नाम गरेको समस्या हुनसक्छ। त्यस्तो अवस्थामा पनि बच्चाको तौल नबढ्न सक्छ। कहिलेकाहिँ पाचन नली, पेट वा आन्द्राको रोगका कारण बच्चाले खान मन नगर्ने, पचाउन नसक्ने वा पोषणतत्व ग्रहण गर्न नसक्ने हुन्छ र तौल बढ्दैन।

    ६. दिर्घ रोग
    केही बच्चामा देखिन्छ जसले गर्दा उनीहरुमा पटक(पटक निमोनिया हुने मात्र नभई मुटुमा वाधा पर्ने गर्छ। पोषण चाहिने बेलामा झन् खान नसक्ने भएर तौल बढ्दैन। मधुमेह, थाइराइडको समस्या, मृगौला फेल हुने विभिन्न खाले समस्या पनि हुन् सक्छ।

    तौल नबढ्नुको कारण तत्काल थाहा नहुन पनि सक्छ। कतिपय अवस्थामा बच्चा बिरामी परेर वा कुनै कारणले नखाएर तौल एक्कासी घट्छ वा केही समयको लागि बढ्दैन, सन्चो भएपछि खान थालेर साबिक झैँ तौल बढ्न थाल्छ। त्यस्तो हुनु सामान्य कुरा हो, तर बच्चामा कुपोषिण पहिलेदेखि नै छ भने गम्भीर कुपोषण हुन सक्छ। त्यो खतरनाक अवस्था हो। यसले जटिलता ल्याउन र बच्चाको ज्यान पनि लिन पनि सक्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *