शरीर थकित हुने कारण र समाधान

    शरीर थकित हुने कारण र समाधान

    थकान महसुस हुनु प्राकृतिक प्रक्रिया नै हो । यात्रा गर्दा, उकालोओरालो गर्दा, कुनै काम गरेपछि थकाइ लाग्नु सामान्य हो । शरीर एउटा मेसिन जस्तै हो, जुन निरन्तर चलिरहन सक्दैन । शरीरले पनि समय-समयमा बिश्राम खोज्छ । केही समयको विश्रामपछि शरीर पुन: फूर्तिलो हुन्छ ।

    थकान कामको चापले मात्र होइन, स्वास्थ्य समस्याका कारण पनि हुन सक्छ ।

    शरीर थकित हुने कारण

    विलासी जीवनशैली

    विविध कारणमध्ये अहिले सबैभन्दा बढी मानिस विलासी बन्दै जानु पनि हो । छोटो दूरीमा जाँदा पनि पैदलको सट्टा सवारीसाधनकै प्रयोग गर्न रुचाउने हाम्रो बानी छ । यस्तो बानीले केही मिनेटको हिंडाइले पनि मानिस थकित हुन्छन् ।

    त्यस्तै, विलासी जीवनशैलीका कारण शारीरिक गतिविधि कम गर्ने तर टन्न खाने र बढी आरामदायी जीवन खोज्दा मानिसहरू सानो काम गर्दा पनि थकित महसुस गर्छन् । यसले काम गर्ने क्षमता घटाइरहेको हुन्छ ।

    निद्राको कमी

    थकानको सबैभन्दा ठूलो कारण पर्याप्त निद्रा नपाउनु हो । दिनभर चुस्तदुरुस्त रहन निश्चित रूपमा निद्रा पूरा गर्नुपर्छ । हरेक उमेरका व्यक्तिको निद्राको आवश्यकता पनि फरक हुन्छ, नवजात शिशुको कुरा गर्ने हो भने उनीहरुलाई १६ घण्टा सुत्न आवश्यक हुन्छ भने किशोरकिशोरीलाई नौ घण्टा, ज्येष्ठ नागरिकलाई सात-आठ घण्टा र ज्येष्ठ नागरिकलाई कम्तीमा पाँच घण्टा र अधिकतम १० घण्टा सुत्न आवश्यक छ ।
    गलत खानपान

    थकान महसुस हुनुको एक कारण गलत खानपान पनि हो । किनभने धेरैजसो समय मिल्दा खाने, कहिले नखाने, खाएपछि टन्न खाने गर्दा शरीरले खाएको खानेकुरालाई सन्तुलन गर्न सक्दैन । अव्यस्थित खानपानले शरीरलाई चाहिने पोषण पुग्दैन । पोषण नपुग्दा शरीरमा ऊर्जा कम हुन्छ र थकान भइरहन्छ । कम खाँदा पनि थाक्ने र नखाँदा पनि थकान हुने समस्या हुन्छ । बरु, दिनहुँ खाने तर सही समयमा खाने गर्नु राम्रो हुन्छ ।

    पानीको कमी

    थकानका कारण शरीरमा पानीको कमी हो, जसलाई हामी डिहाइड्रेसन पनि भन्छौं । यदि हाम्रो शरीरले राम्रोसँग काम गर्ने हो भने त्यसको लागि हामीलाई पर्याप्त मात्रामा पानी चाहिन्छ । शारीरिक गतिविधि जति बढी भयो त्यति बढी मात्रामा पानी पिउनुपर्छ ।

    कामको चाप

    कामको चाप धेरै महसुस गर्नु र तनाव लिनु हानिकारक छ । यसले शरीरमा स्वतः स्फूर्त रहन दिंदैन । यसको तनावले बिस्तारै बिस्तारै मानिसलाई गलाइरहेको हुन्छ, जसले शरीर थकान हुन्छ ।

    कम्तीमा ५० प्रतिशत थकान हुने समस्या मनोवैज्ञानिक कारणले हुन सक्छ ।

    डिप्रेसन

    यो समस्या भएका उदासी र निराश हुन्छन् । उनीहरुले सामान्यतया दीर्घकालीन थकान अनुभव गर्छन् ।

    चिन्ता र तनाव

    लामो समयदेखि चिन्तित वा तनावमा रहेको व्यक्तिले आफ्नो शरीरलाई ओभरड्राइभमा राख्छ । एड्रेनालिन हर्मोनको निरन्तर बढ्दा शरीरलाई थकाउँछ ।

    त्यस्तै, रक्तअल्पता, मधुमेह, मेनोपोज, क्यान्सर, एन्जाइटी डिसअर्डर, मिर्गौलासम्बन्धी समस्या, हाइपोथाइराइड, भिटामिनहरुको कमी, हार्मोन गडबड जस्ता समस्या हुँदा पनि थकान एउटा लक्षणको रुपमा देखा पर्छ ।

    विश्राम पनि जरुरी

    बिना विश्राम निरन्तर काम गरिरहेमा शरीर कमजोर हुन्छ । शरीरमा ऊर्जा बिस्तारै सकिन्छ । त्यसपछि शरीर मात्र नभई मानसिक रुपमा पनि कमजोर हुन्छ । विश्रामले मांसपेशीलाई आराम दिन्छ । शरीरले ऊर्जालाई भण्डार गर्ने समय पाउँछ र कामले बढिरहेको तनावको स्तरलाई केही क्षणको आरामले घट्दै जान्छ । यसले थकान कम गर्छ र शरीरलाई पुनः सक्रिय गराउँछ ।

    समाधान

    १. नियमित रूपमा व्यायाम गर्नुपर्छ । यसले शरीरलाई स्वस्थ राख्न र शरीरलाई थकानबाट पनि टाढा राख्न मद्दत गर्छ ।

    २. बिहान समयमै उठ्ने, समयमै नास्ता खाने, खाना खाने र बेलुका ८ बजेअघि खाना खाने गर्नुपर्छ ।

    ३. अनावश्यक तनाव नलिने, केही समस्या भए साथीभाइ वा परिवारको सदस्यलाई पोख्ने र सानो समस्यालाई ठूलो बन्न नदिने गर्नुपर्छ ।

    ४. पर्याप्त र गहिरो निद्राका लागि समयमै सुत्ने र समयमै उठ्ने गर्नुपर्छ ।

    ५. अत्यधिक शारीरिक श्रम गर्नुहुँदैन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *