कागती पानीले छाला स्वस्थ र चम्किलो बनाउँछ

    काठमाडौं । तपाई कागती पानी कतिको पिउनु हुन्छ ? यदि पिउनु हुन्छ भने खुसीको खबर । कागती पानी पिउनेहरूले नपिउनेको तुलनामा धेरै स्वास्थ्य लाभ पाउँछन् ।

    कागतीमा भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाइने भएकाले यसको सेवनले छाला स्वस्थ र चम्किलो हुन्छ । यति मात्रै हैन, शरीरमा स्फूर्ति पनि बढ्छ । कागती पानी पिउनुको धेरै फाइदा भनेको तौल घटाउन सहयोग पुग्नु हो । अरु के के छ त फाइदा –

    – बिहान बिहान कागती पानी सेवन गरेमा यसले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।

    – कागती पानीको सेपनले रक्तसञ्चारसँग जोडिएका समस्यामा लाभ पुग्दछ ।

    – आँखाको समस्याबाट बच्न पनि कागती पानीले लाभ पुर्याउँछ ।

    – मधुमेह रोगीकालागि समेत कागती पानीले फाइदा गर्छ ।

    – खाली पेटमा कागती पानी पिएमा शरीरबाट विषालु पदार्थ निष्कासनमा सहयोग पुग्छ ।

    – कागती पानी पिएमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।

    – रुघाखोकीको उपचारमा कागती पानीको सेवन उपयोगी हुन्छ ।

    – मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ ।

    – कागतीले घुँडा र जोर्नीहरूको पीडा कम गर्छ साथै युरिक एसिडलाई विघटित गरिदिन्छ ।

    – एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई पनि स्वस्थ राख्छ ।

    – कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।

    – हरेक दिन कागती पानी पिएमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन ।

    – कागती पानीको नियमित सेवनले पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत गर्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *