८.८७ गुणा बढी आवेदन परेको माण्डु हाइड्रोपावरको आईपीओ हात पार्ने भाग्यमानी कति जना ?

    काठमाडौं । माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा २ अर्ब २० करोड ३२ लाख ३७ हजार ९८० रुपैयाँ बराबरको आवेदन परेको छ ।

    सीडीएसका अनुसार अन्तिम दिन बुधबार साँझसम्ममा ९ लाख ८० हजार ५३ जनाले १ करोड ६ लाख ९५ हजार ३३० कित्ता शेयरका लागि आवेदन दिएका हुन्।यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ८.८७ गुणा बढी आवेदन हो ।

    मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ। जसअनुसार भाग्यमानी १ लाख २० हजार ५३२ आवेदकले १०१० कित्ताका दरले सेयर पाउनेछन्।
    कम्पनीको शेयरमा ८ लाख ५९ हजार भन्दा बढी आवेदकको हात खाली हुने भएको छ ।Citizen Life Island Landing Page

    कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँडफाँड नभएको ७९ लाख ३० कित्ता सहित गरी कुल १३ लाख ६ हजार ३०६ कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये २८ हजार ८५३ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ भने ७२ हजार १३३ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ। कम्पनीले बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता शेयरमा सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्ने व्यवस्था थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *