सन नेपाल लाइफको आईपीओ भोली बाँडफाँड हुने

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ आगामी भोली भदौ १५ गते शुक्रबार बाँडफाँड हुने भएको छ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार शुक्रबार बिहान ८ बजे आईपीओ बाँडफाँड गर्ने तय गरेको हो ।

    कम्पनीको आईपीओमा १५ लाख ७७ हजार ७ सय ४४ आवेदकले १ करोड ७८ लाख ३२ हजार ३ सय कित्ताको लागि आवेदन दिएका छन्।

    जुन माग भन्दा २.३२ गुणा बढी हो। त्यसकारण, सन नेपाल लाइफको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ७ लाख ६८ हजार आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। बाँकी ८ लाख ९ हजार ७४४ जनाको भने हात खाली हुनेछ ।Citizen Life Island Landing Page

    कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा कुल ७६ लाख ८० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *