सिंहदरवारमा आगो लगाइदिन्छु , याद राख चोर सरकार- मेयर बालेन्द्र शाह
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरपालिकाका कुनै पनि गाडी सरकारबाट रोकिए सिंहदरबारमा आगो लगाईदिने चेतावनी दिएका छन् ।
उनले आजपनि आफ्नो महानगरपालिकाका गाडी सरकारबाट रोकिएको संकेत गरेका छन् । उनले आजको लागि केही भएन भन्दै भोलिबाट महानगरका कुनैनि गाडी सरकारबाट रोकिए भने सिंहदरबार आगो लगाउने चेतावनी दिएका हुन् । उनले फेशबुकमा भर्खरै सरकारलाई चेतावनी दिँदै यस्तो पोष्ट गरेका छन् ।
उनले लेखेका छन्- आजको लागी केहि भएन , भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।