पिपलको पातबाट धेरै राेगहरुकाे लागि औषधि बनाउन सकिन्छ, सबैले जानीराखौं !

    पिपलको पातबाट धेरै राेगहरुकाे  लागि  औषधि बनाउन सकिन्छ, सबैले जानीराखौं !

    हाम्रो घर वरपर कतिपय प्राकृतिक बनस्पति उम्रिरहेका हुन्छन, तर चिन्न न सकेर व्यर्थ त्यसलाई नास पार्दै जान्छौ । हाम्रै घर वरपर उम्रेका बनस्पतिमाहरुमा मनिषलाई मृत्यु सम्म डोर्याउने अनगिन्ति रोगहरुलाई रोकथाम तथा पूर्ण रुपमा निर्मूलन गर्ने क्षमता हुन्छ । हामीले बुझ्न मात्र नसक्या हो नत्र भने हरेक रोग हामी आफैले निको पर्न सक्छौ ।

    हाम्रो समाजमा पिपलको पूजा गरिन्छ । धार्मिक विश्वासअनुसार लक्ष्मीको श्रापका कारण विष्णु भगवानले एकपटक वनश्पती बन्नु परेको थियो । जहाँ उनी पिपल बनेर जमिनमा उम्रिएका थिए । तर वैज्ञानिक दृष्टिकोणले पनि पिपलको महत्व कम छैन । यो मात्रै यस्तो बनस्पती हो, जो २४ घण्टा अक्सिजन दिन्छ । पिपलका पातलाई धेरै प्रकारका औषधि बनाउन प्रयोग गरिन्छ । यस्तै रोग निर्मूलन गर्ने क्षमता भएको एउटा वोट हो पीपल । पिपलको जरा, बोक्रा र पातको अनगन्ती फाइदाहरु छन् जसमध्ये आज हामी यहाँहरुको माझमा “पिपलको पात” को बिशेस्ता बारे जानकारी गराउन चहान्छौ ।

    रुघा–खोकीको अचूक औषधि: मौसममा आउने बदलाबका कारण हुने सर्दी, खोकी तथा रुघाबाट राहात पाउन पिपलको पातको प्रयोग गर्नुहोस् । पिपलका ५ ओटा पात सफा पानीले पखालेर दुधसँग उमाल्नुहोस् । यसमा चिनी हालेर बिहान र साँझ पिउने गर्नुहोस् । दुई दिनमै तपाईको रुघा–खोकी ठीक हुने छ ।

    दमका रोगीको लागि बूटी: लगातार खोकी रहने (दम)को रोगीका लागि पिपलको रुख एक औषधिको रुपमा काम गर्छ । यसका लागि पिपलको पातसँगै जोडिएको कमलो डाँठको बोक्रा निकालेर भित्रको भाग घाममा सुकाउनुहोस् ।त्यसको चूर्ण बनाएर दम रोगबाट ग्रसित बिरामीलाई मनतातो पानीसँग पिउन दिनुहोस् । तीन महिनासम्म नियमित रुपमा यस्तो चूर्ण सेवन गरे दम रोग पूर्ण रुपमा निको हुन्छ ।

    निमोनियामा राहत: निमोनियाबाट ग्रसित व्यक्तिले पिपलको पातको जुस बनाएर पिउँदा धेरै राहत पाउँछन् ।दाँतका लागि: बलियो र सफा तथा सेता दाँतका पनि पिपलको प्रयोग गर्न सकिन्छ । पिपलको पातसँगै जोडिएको कमलो डाँठलाई दाँतुनको रुपमा प्रयोग गर्नुहोस् । यस्तै १० ग्राम पिपलको बोक्रा र २ ग्राम कालो मरिचलाई राम्रोसँग पिसेर बनाएको मन्जनले दाँत माँझ्दा दाँत तथा मुखसम्बन्धी धेरै समस्याबाट छुटकारा पाइन्छ ।

    मुटुसम्बन्धी रोगको औषधि: पिपलको पातले मुटुसम्बन्धी रोगबाट बचाउँछ । यसका लागि पीपलको १५ वटा हरियो तथा हेर्दा राम्रो पात लिनुहोस्, कोपिला पात चाई प्रयोग नगर्नुहोस । प्रत्येक पातको माथिको र तलको केहि भाग कट्नुहोस । पातको बिचको भाग मज्जाले सफा पानीमा पखाल्नुहोस । एक गलास पानी एउटा भाडोमा राखेर पखालिएको पातलाई त्यसमा हाल्नुहोस र कम तापक्रम (आगो) मा पाक्न दिनुहोस । जब पानी उम्लिएर एक तिहाई हुन्छ, भाडोलाई आगो माथिबाट निकालेर पानी सेलाउन दिनुहोस र सफा कपडामा छानेर चिसो ठाउमा राख्नुहोस । त्यति गरेपछि तपाईको औषधी त्यार हुन्छ ।

    त्यार भएको उक्त औषधीलाई तीन खुराक बनाएर प्रत्येक तीन – तीन घण्टामा सेवन गर्नुहोस । हृदयघात (हार्ट अटैक)को केहि समय पश्चात लगातार पन्द्रह दिन सम्म यसलाई दैनिक सेवन गरेमा हृदय पुन: स्वस्थ बन्छ र हृदयघातको सम्भावना एकदम न्यून हुन्छ । यदि तपाई मध्ये कोहि हृदयघात (हार्ट अटैक)को बिरामी हुनुहुन्छ भने यो उपचार पद्धती अवस्य अपनाउनुहोस् ।

    पीपलको पात नै किन ? पीपलको पातमा हृदयलाई बल र शक्ति दिने अद्भुत अर्थात् अचम्मको क्षमता हुन्छ । यस पिपलको पातबाट बनाएको औषधिलाई बिहान ८ बजे, ११ बजे र २ समय बिलाएर सेवन गर्न सक्नुहुन्छ । औषधि सेवन गर्दा ध्यान दिनु पर्ने कुरा : खाली पेट औषधि सेवन न गर्नुहोस, नास्ता गरेर मात्र यो औषधि सेवन गर्नुहोस ।

    सेवन अबधि सम्म तेल भएको खानेकुरा र चामल प्रयोग गर्नु हुदैन। माछा, माशु, अण्डा, नुन, चिल्लो पदार्थ, मदिरा र धुम्रपानको प्रयोग बन्द गर्नुपर्ने हुन्छ । अनार, मेवा, आंवला, बथुआ साग (प्राय: नेपालको तराई भेगमा पाईन्छ), लहसुन, मेथी दाना, मौसंबी, मासको दाल , किशमिश, गुग्गुल, दही इत्यादीको प्रयोग गर्नुहोस । ध्यान दिनु पर्ने कुराहरु: यो पद्धतिको कुनै साइड इफेक्ट छैन । कुनै गम्भीर रोग भएमा, यो पद्धति अपनाउनु अघि आफ्नो चिकित्सक संग अबस्य परामर्श लिनु होला ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *