भाद्र १५ देखि २२ गतेसम्म को राशिफल (साप्ताहिक राशिफल)

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

    यो साता कार्यक्षेत्रमा अरुले गरेका भनेका कुरा चित्त नबुझला । मालसामान हराउन सक्छ, होसियार रहनु पर्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । मध्य सातामा विद्या र बुद्धिको विकास हुनेछ । विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । यो साताका लागि शुभ अङ्क ३, ८ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

    यो साता एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । शुभकार्यमा सरिक भइनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै रहनेछ । मध्य सातामा प्रेममा बाधाका साथै मन कमजोर रहला । आज आर्थिक कारोबारमा विवाद बढ्नेछ । यो साताका लागि शुभ अङ्क ३, ५ र शुभ रङ्ग रातो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

    यो हप्ता शुभ समाचार सुन्न पाइएला । समाजमा प्रभाव पार्न सकिनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीले नयाँ प्रस्ताव राख्न सक्छन् । वैदेशिक क्षेत्रको काम पनि विस्तारै अघि बढ्नेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

    यो साता महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । धन हात पर्ने र भौतिक सुख मिल्नेछ । राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । साताको अन्त्यमा शेयर बजार तथा व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । यो साताका लागि शुभ अङ्क ३, ५ र शुभ रङ्ग नीलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
    यो हप्तामा चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । गरेको कार्यमा अवरोध आउला । सामान हराउने वा चोरी हुने भय छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । साताको मध्यबाट छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग खैरो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यनारायणको दर्शन गरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

    कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

    यो साता बढी मिहिनेतले बढी फाइदा मिल्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । मनोरञ्जन पनि होला । साताको अन्त्यमा यात्रामा सावधानी अपनाउनु पर्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यो साताका लागि शुभ अङ्क २, ८ र शुभ रङ्ग गुलाबी वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

    तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

    यो साता रोकिएका काम पुन सुरु हुन सक्छन् । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । नसोचेको ठाउँबाट धन हात पर्नसक्छ । प्राविधिक कार्यमा सफलता मिल्नेछ मध्य सातामा जिद्दीपना बढ्न सक्छ। विचार पुर्याएर निर्णय लिनु राम्रो होला । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग कालो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शन गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

    वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
    यो साता महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । शुभकार्यको चर्चा चल्ने र नयाँ कार्यको योजना बन्नेछ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ । यो साताका लागि शुभ अङ्क २, ८ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको स्मरण गर्नाले राम्रो हुनेछ ।

    धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
    यो साता ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मान्यजनको सुझाव अप्रिय लाग्नसक्छ । साताको मध्यबाट आफन्तको सल्लाह, सहयोग र हौसला पाईनेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । घरमा अतिथिको आगमन हुनेछ । यो साताका लागि शुभ अङ्क ४, ७ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

    मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
    यो साता कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । कृषि क्षेत्रबाट सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क २, ५ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
    यो साता नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ । प्रेमप्रसङ्गमा रमाइलोपन आउनेछ । सन्तानबाट सहयोग मिल्नेछ । रोकिएका काम पुन सुरु हुन सक्छन् । घरजग्गाको कारोबारमा विशेष सफलता मिल्नेछ । आकस्मिक धनलाभ हुनसक्छ । यो साताका लागि शुभ अङ्क ४, ७ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिव भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

    यो सातामा प्राय सबै दिनहरू भाग्यशाली भएर देखा पर्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । सहयोग गर्ने र आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । व्यावसायिक योजनाको सम्भावना पनि छ । हरियो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्याउनेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग गुलाबी वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
    राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *