कान्ति बाल अस्पतालमा उपचारको पालो कुर्दा-कुर्दै बालिकाको मृत्यु

    कान्ति बाल अस्पतालमा उपचारको पालो कुर्दा-कुर्दै  बालिकाको मृत्यु

    कान्ति बाल अस्पतालमा उपचारका लागि पालो कुर्दा कुर्दै एक बालिकाले ज्यान गुमाउनु परेको छ। मकवानपुर थाहा नगरपालिका—१० घर भएकी पाँच वर्षीया रेजिशा गोपालीको उपचारका लागि समय कुर्दा कुर्दै मृत्यु भएको हो ।

    अस्पतालले दिने ओपिडी सेवाको टिकट १ बजे नै बन्द भइसक्ने नियम छ । रेजिशालाई उनका हजुरबुबा र आमाले सोमबार अपरान्ह ५ बजे अस्पताल लगेका थिए । आकस्मिक कक्षमा उपचारका लागि लगिएको उनलाई टिकट बन्द भइसकेको तथा बिरामीको अतयाधिक चापका कारण उपचार दिन नसक्नाले उनको मृत्यु भएको हो ।

    कान्ति बाल अस्पतालमा निर्देशक डा.पंकज रायले रेजिशालाई चाँडै उपचार दिन नसकेका कारण मृत्यु भएको स्वीकार गर्दै भने आकस्मिक कक्षमा बिरामीहरुको अत्याधिक चापका कारण उनले ८० मिनेट कुर्नुपरेको थियो । अत्याधिक ज्वरोका कारण बालिकाको मृत्यु भयो उनी बताउँछन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *