१ सय ३ एन्टीबायोटिक प्रयोगमा रोक, कुन कुन औषधि प्रयोग नगर्ने ?

    अब उपभोक्ताहरुले १ सय ३ प्रकारका एन्टीबायोटिक औषधि प्रयोग गर्न नपाउने भएका छन । सोमबार एक सार्वजनिक सूचना जारी गर्दै औषधि व्यवस्था विभागले १ सय ३ प्रकारका एन्टीबायोटिक औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको हो ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले प्रयोग नगर्न भन्दै सिफासिर गरेका औषधिको प्रयोग अब नेपालमा पनि नगर्न विभागले निर्देशन दिएको हो ।विभागले अब एन्टीबायोटिक प्रतिरोधका कारण बढ्दै गएको संक्रमण हुने दर, मृत्यु दर र आर्थिक असरलाई पनि प्रभावकारी रुपले कम गर्न राष्ट्रिय कार्ययोजना नै तयार पारी स्वीकृतको अन्तिम चरणमा रहेको बताएको छ ।

    विभागले प्रतिवन्ध लगाएका १ सय ३ औषधिहरुमा एमोक्ससीलिन, एम्पीसिलीन, एजिथ्रोमाईसीन, सेफालेक्सिन, मेट्रोनीडाजोललगायतका औषधिहरु छन् ।