२४ सै घण्टा नेपाली गीतहरू सुन्नुहोस ।

दैनिक आहारमा सलाद खानाले हुन्छन् यस्ता ८ आश्चर्यजनक फाइदा

सलाद धेरै पोषक तत्त्वहरूले भरिपूर्ण हुन्छ। हरियो सलादमा अर्थात् ग्रिन सलादमा भरपुर रूपमा क्याल्सियम, पोटासियम, आइरन, र भिटामिन बी हुन्छन्। सामान्यतया सलादमा टमाटर, भेडे खोर्सानी र विभिन्न प्रकारका साग, काँक्रा, मुला, गाँजर, आदि समावेश हुने गर्दछन्। जसमा प्रशस्तरुपमा एन्टिअक्सीडन्टको मात्रा पाइन्छ ।

दैनिकरुपमा खानामा सलाद खाँदा शरीरमा फाइबरको मात्रालाई पूर्ति गर्दछ। क्यालोरीको मात्रा कम भएकाले सलादले अनावश्यक तौल बढ्न दिँदैन। त्यसैले दैनिक आहारमा सलाद खाँदा स्वास्थ्यलाई सकारात्मक फाइदा पुग्ने गर्दछ।

१. शरीरलाई फाइबरको मात्रा पुग्ने: मानव शरीरलाई ऊर्जावान् राख्न र दैनिक कार्य गर्नका लागी प्रशस्तरुपमा फाइबरको आवश्यकता पर्दछ। दैनिकरुपमा सलादको सेवनले फाइबरको पूर्ति गर्दछ र फाइबरले मानिसको नराम्रो कोलेस्ट्रोलको मात्रा पनि कम हुने गर्दछ। यदि खाना खानु अघि उच्च फाइबर भएको सलादको सेवन गर्‍यो भने, पछि उच्च क्यालोरीयुक्त खाद्य पदार्थहरू कम खाइने भएकाले तौललाई नियन्त्रणमा राख्न मद्दत गर्दछ।

२. मांसपेशीहरू मजबुत हुने: ग्रिन सलाद मुख्यगरि पालुङ्गो तथा अन्य सागहरू मिश्रित हुन्छ जसमा नाइट्रेट प्रशस्तरुपमा पाइन्छ जसले मांसपेशीहरूमा प्रोटिनको उत्पादन बढाउन मद्दत गर्दछ र मांसपेशिहरुलाई मजबुत बनाउने गर्दछ ।

३. प्रोटिनको उच्चतम श्रोत: प्रोटिनको नियमित आपूर्ति शरीरको लागि निकै आवश्यक पर्दछ। शरीरले प्रोटिन भण्डारण खाइएका स्वास्थ्य खानेकुराबाट मात्र निकालेर गर्दछ ग्रिन सलाद प्रोटिन को एक उच्चतम स्रोत हो।

४. क्यालोरी घटाउन मद्दत गर्दछ: हाम्रो शरीरमा क्यालोरी वृद्धि हुनुको मुख्य कारणहरू हुन् चिनीले भरिएका खाना र तारेको वा चिल्लो खाना। तर, सलाद यस्तो खाना हो जसमा न्यूनतम क्यालोरी हुन्छ जसको कारण शरीरको तौल घटाउन सजिलो हुन्छ।

५. आँखाका लागी फाइदाजनक : सलादले मानिसको आँखालाई निकै फाइदा गर्दछ। विभिन्न फल तथा हरियो सब्जीबाट मिश्रित सलादमा भिटामिन ए, क्यारेटोनोइड्स, लुटेइन, जियाक्सानथिन जस्ता पोषक तत्त्वहरू पाइन्छ जसले आँखालाई धेरै फाइदा पुर्याउदछ।

६. सलादले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउदछ: सलाद शरीरको प्रतिरक्षा प्रणाली बढाउन र यसलाई विभिन्न रोगहरूबाट सुरक्षित राख्न मद्दत गर्दछ । सलादमा पाइने एन्टीअक्सिडेन्टले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँदछ।

७. राम्रो निद्राका लागी मद्दत गर्दछ: अध्ययनकाअनुसार नियमित रूपमा सलाद सेवनले अनिद्राको उपचार गर्न सहयोग पुर्‍याउँदछ।

८. पाचन प्रणालीका लागि फाइदाजनक: नियमितरुपमा सलादको सेवनले पाचन प्रणालीको सुधार गर्दछ। यसले बिना कारण पेट फुल्ने समस्या र पेटलाई सफा राख्न पनि मद्दत गर्दछ।

You might also like