दिनको एउटा अन्डा खाँदा मुटु सम्बन्धी रोगबाट जोगिने

    मानव स्वास्थ्य सम्बन्धी गरिएको एउटा पछिल्लो अनुसन्धानले दिनको एउटा अण्डा खानाले कार्डियोभास्कुलर रोगको खतरा कम पार्ने पत्ता लगाएको छ ।

    यस अध्ययनका प्रमुख लेखक तथा चीनको बेइजिंगस्थित पेकिंग युनिभर्सिटीको इपिडिमियोलोजी तथा वायोस्टाटिस्टिक्स विभागका लान्ग पान, एमएससीले भनेका छन्, “केही अध्ययनले प्लाज्मा कोलेस्टरल मेटाबोलिज्मले अण्डा सेवन र काडियोभास्कुलर रोगको खतराबीच भूमिका खेल्ने देखाएका छन् । त्यसैले हामीले त्यो अन्तरलाई सम्वोधन गर्न सहयोग पुर्याउन चाहेको थियौं ।”

    यस टोलीले अनुसन्धान पूरा गर्न चाइना क्यादुरी वायोबैंकका ४ हजार ७७९ जना सहभागीको छनोट गरेको थियो । अनुसन्धानकर्ताहरूले सहभागीहरूको रगतबाट निकालिएका प्लाज्मा नमुना २२५ वटा मेटावोलाइट्स नाप्न आणविक चुम्वकीय रिजोनन्स नामक प्रविधि प्रयोग गरेका थिए ।

    अनुसन्धानकर्ताहरूले निरन्तर सानो परिमाणमा अण्डा खानेहरूका रगतमा उच्च घनत्वको लिपोप्रोटिन (एचडीएल) को एक भाग एपोलिपोप्रोटिन ए १ को स्तर उच्च रहेको पत्ता लगाए । यस अनुसन्धानका सहभागीहरूका रगतमा धेरै मात्रामा एचडीएल अणुहरू भेटाए । अनुसन्धानकर्ताहरूका अनुसार यस्ता अणुहरूले रक्तनलीका कालेस्टेरोल सफा गरेर ह्रदयाघात र मस्तिष्कघात निम्त्याउने अवरोधहरु हटाउँछन् । याहुलाइफ