तोरीको तेल नै सर्वोत्कृष्ट !

    तोरीको तेल नै सर्वोत्कृष्ट !

    तोरीको तेलमा ६० प्रतिशत मोनोस्याचुरेटेड फ्याट (मुफा), २१ प्रतिशत पोलीअनस्याचुुरेटेड फ्याट (पुफा) र १२ प्रतिशत स्याचुुरेटेड फ्याट पाइन्छ । यी फ्याटी एसिडलाई असल फ्याट भनिन्छ । यी चिप्लो पदार्थ मुटुको धमनकिा भित्तामा गएर बस्न सक्दैन । यसमा कार्बोहाइड्रेट, फाइबर, प्रोटीन, भिटामिन र मिनरल पाइदैंन । तरकारीको महत्वपूूर्ण स्रोत भएकाले यसमा अल्फा लिनोलेनिक एसिड तथा ओमेगा फ्याटी एसिड हुन्छन् । एक चम्चा तोरीको तेलमा ०.८ ग्राम ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यस्तै, एक टेबलचम्चा तेलमा १२४ क्यालोरी पाइन्छ । जसमा १४ ग्राम फ्याट हुन्छ । जसमध्ये ८.३ ग्राम मोनोस्याचुरेटेड फ्याट पाइन्छ, जुन ओलिभ आयल, अंगुरको बियाँ र बदामको तेलजस्तै हुन्छ।

    घरेलु उपचारमा तोरीको तेललाई सबैभन्दा महत्त्व दिइन्छ। तोरीको तेल स्वास्थ्य र छालाको लागि धेरै लाभदायक छ । मसाज गर्न तोरीको तेल प्रयोग गरिन्छ। शरीरमा रक्तसञ्चार बढाउन मसाज गर्नुका साथै तोरीको तेलले मसाज गर्दा मांसपेशी बलियो हुन्छ। यसले मांसपेशी विकास गर्नसमेत सहयोग गर्छ। जसका कारण शरीरको बनावट पनि आकर्षक हुन्छ। तोरीको तेललाई उमालेको पानीमा मिसाएर पनि प्रयोग गरिन्छ। तोरीको तेलमा भिटामिन ‘ई’ पाइन्छ। यसलाई छालामा लगाउनाले सूर्यको पराबैजनी किरणबाट जोगाउँछ। यही कारणले गर्दा यसको प्रयोगले दाग र चाउरीपनबाट पनि धेरै हदसम्म राहत दिन्छ। यसले छाला सुन्दर र जवान देखिन्छ। साथै यदि छाला सुख्खा छ भने हात खुट्टामा तेल लगाएपछि पानीले नुहाउनुपर्छ, छाला नरम हुन्छ। यदि जोर्नी दुख्ने समस्या छ भने तोरीको तेलले मालिस गर्नाले समस्या निको हुन्छ।

    तोरीको तेलको फाइदाहरुः

    क्यान्सरको खतरा घटाउँछ

    मुटुुका लागि उपयोगी

    प्राकृतिक शक्तिबद्र्धक

    चिसो र रुघा निको पार्छ

    जोर्नी दुख्ने र बाथ निको पार्छ

    शरीरका अंगहरुको कार्यमा सुधार ल्याउँछ

    दममा उपयोगी

    मष्तिष्कको कार्यक्षमता बढाउँछ

    दाँत सेतो बनाउँछ र दाँतसम्बन्धी समस्या हटाउँछ

    छाला स्वस्थ बनाउन मद्दत गर्छ

    शरीरका काला धब्बा हटाउँछ

    प्राकृतिक सनस्क्रीनको काम गर्छ

    छाला सुख्खा हुन दिँदैंन र संक्रमणबाट जोगाउँछ

    कपाल झर्नबाट जोगाउँछ, सुख्खा हुुन दिँदैंन

    कपाल चाँडै फुल्न दिँदैंन

    तोरीको तेल चायाँ पर्न दिँदैंन