चिन्ता कम गर्न चाहनुहुन्छ ? खानुहोस् यी खानेकुरा :

    बच्चालाई शिक्षाको तनाव, युवालाई जागिरको, कसैलाई व्यापारको । बुढेसकालमा स्वास्थ्य सम्बन्धी समस्याको तनाव । अहिले आममान्छेलाई थुप्रै किसिमका समस्याले विभिन्न तनाव बढाइरहेको छ ।

    यो परिवेश बीच विभिन्न वैज्ञानिक अनुसन्धानले खानपानबाट तनाव गर्न सकिने तथ्य प्रमाणित गरेको छ । तनाव कम गरी मन शान्त बनाउने केही खानेकुराबारे पोषणविद् सुवर्ण गुरागाईंको टिप्स यस्तो रहेको छ :

    दही : दही खानाले तनावकम हुन्छ र दिमाग शान्त रहन्छ । दहीमा भएको माइक्रो बैक्टेरियाले मन शान्त बनाई चिन्ता हुन नदिने र तनाव कम गर्नमा पनि मद्दत गर्दछ ।

    डार्क चकलेट : डार्क चकलेटको सेवनले व्यक्तिलाई तनाव, चिन्ता र उदासी कमगर्न मद्दत गर्दछ । चकलेटमा एन्टि अक्सिडेन्टहरूले मस्तिष्कको कार्य सुधार गर्दछ । यसले र’क्तसञ्चारमा पनि सुधार गर्दछ ।

    ग्रिन टी : हरियो चियामा एलथियानिन भन्ने विशेष एमिनो एसिड हुन्छ । जसले दिमागलाई स्वस्थ राखेर व्यक्तिको तनाव कम गर्दछ । यसमा रहेको एसिडले कार्टोसोल हर्मोन पनि कम गर्दछ । कार्टिसोल हार्मोनलाई तनाव हार्मोन पनि भनिन्छ । यस कार्टसोल हार्मोनको बृद्धिका कारण व्यक्ति तनावबाट ग्र’स्त हुन्छ ।

    बेसार : बेसारको सेवन व्यक्तिको दिमागको लागि धेरै फाइदाजनक हुन्छ । बेसारमा रहेको कर्क्युमिन नामक तत्वले चिन्ता र तनावलाई कमगर्दछ । कक्र्युमिन ओमेगा फैटी थ्री एसिडले डीएचए लाई बढाइ दिन्छ, जुन तनाव कम गर्ने सबैभन्दा उत्तम प्रकृया हो ।

    बेरी : जामुनमा धेरै एन्टिआक्सिडेन्टहरू हुन्छन्, जुन शरीरकालागि ज्यादै लाभदायक छन् । स्ट्रबेरी, ब्लूबेरी, रास्पबेरी आदि भिटामिन सी को उत्तम स्रोत हो । यि फलको खपतले व्यक्तिको तनाव कम गर्न मद्धत गर्छ ।